२०७७ माघ १५, बिहीबार

img-responsive

१०:२१:४७

 

वार्सटाईनर गल्फ प्रतियोगितामा जीवन लिम्बुले उपाधि जिते

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस २६, आइतबार ,०५:३९:PM  
img-responsive

काठमाडौं, २६ पुस । तेस्रो वार्सटाईनर गल्फ प्रतियोगिता (२०२१) को जीवन लिम्बुले उपाधि जितेका छन् । नेपाल रोयल गल्फ क्लबमा सम्पन्न भएको वार्सटाईनर गल्फ प्रतियोगितामा लिम्बुले ४२ अंक हासिल गर्दै विजयी भएका हुन् ।

प्रतियोगिता ३ र ४ स्टेबलफोर्ड  फर्म्याटमा खेलाइएको यस प्रतियोगितामा एसएसपी अशोक सिंहले पुरुषतर्फ ४० अंकसहित उपविजेता बनेका छन्  ।

त्यस्तै,हृदेशकुमार सिंह ३२ अंक हासिल गर्दै ग्रस विजेता बनेका छन् भने अर्शीया बानुले ३५ अंकसहित महिलातर्फको उपाधि जितेकी छन् । त्यस्तै महिलातर्फको उपविजेता कल्याणी मोक्तान बनेकी छन् ।

त्यसैगरी, ब्रिगेडियर जनरल दिलिपजंग रायमाझीले सिनियर सेक्सनको उपाधि जितेका छन् भने जनरल प्रज्वल एसजेबी राणाले सिनियरतर्फको उपविजेता बनेका छन् ।  
त्यस्तै, सोनाम लामाले मोस्ट बर्डीज अवार्ड जिते भने मिथुन राईले लन्गेष्ट ड्राइभ अवार्ड जितेका छन् ।

त्यसैगरी, रोयल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले क्लोजेस्ट टु द पोइन्ट अवार्ड जितेका छन्  भने बेस्ट स्पोर्ट्सम्यान्सिपको अवार्ड कृष्णचन्द्र कायस्थले जितेका छन् ।
खेलका विजेताहरुलाई जावलाखेल ग्रुप अफ ईण्डष्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, कार्यकारी निर्देशक सचिन जोशी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष श्रेष्ठले अवार्ड प्रदान गरेका थिए ।

विभिन्न कयाटोगरिका ११ विजेताहरुलाई वार्सटाईनर ट्रफी, आकर्षक टुर प्याकेज प्रदान गरिएको छ ।  नेपालमा वार्सटाईनर  प्रिमियम जर्मन बियरको सुरुवात भएको बर्ष २०१६ देखिनै  रोयल नेपाल गल्फ क्लबसँग नेपालमा गल्फ खेलको विकासका लागि यस विश्वकै प्रख्यात वियरको सहकार्य रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com