२०७७ माघ १२, साेमबार

img-responsive

११:०९:५१

 

३६२ कोरोना संक्रमित थप, संक्रिय संक्रमितको सख्या ४६८१ 

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस २६, आइतबार ,०५:२७:PM  
img-responsive

काठमाडौं, २६ पुस । नेपालमा कोरोना भाइरसका आज ३ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ सय १९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५७ हजार ९ सय २८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  देशभर संक्रिय संक्रमितको सख्या ४ हजार ६ सय ८१ रहेको मन्त्रालयले जनाएको छ ।

 स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा आजसम्म १९ लाख ७८ हजार ८ सय ४८ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा ३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९१२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com