२०७७ माघ १२, साेमबार

img-responsive

११:१७:०१

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा: सामान्य ज्ञान /बस्तुगत

सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
गोठालो खबर २०७७ पुस २५, शनिबार,०९:१०:AM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा 

१) अमेरिकी संसदको दुबै सदनले ४६ औँ राष्ट्रपतिमा जो वाइडेन विजय भएको कहिले प्रमाणीकरण गर्यो ?

  • सन् २०२१ जनवरी ७ मा 

२) हालसालै आयोजित सकर अवार्डमा प्लेयर अफ द सेन्चुरीको अवार्ड जित्न सफल वहुचर्चित फूटबलर को हुन ?

  • क्रिस्टीयानो रोनाल्डो 

३) बेलायतको संसदले युरोपेली यूनियन संगको ब्रेक्जिट ब्यापार सन्धिलाई कहिले पारित गर्यो ?

  • सन् २०२० डिसेम्बर ३० मा 

४) नेपालमा प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेका जिल्ला कति रहेका छन ?

  • ३५ वटा, (दुई निर्वाचन क्षेत्र रहेका — २१ वटा, तीन निर्वाचन क्षेत्र रहेका — ७ वटा, चार निर्वाचन क्षेत्र रहेका — ९ वटा, पाँच निर्वाचन क्षेत्र रहेका — ३ वटा, छ निर्वाचन क्षेत्र रहेका — १ मोरङ, दश निर्वाचन क्षेत्र रहेका — १ काठमाडौँ,)

५) नेपाल सरकारले विद्यालयलाई कहिले शान्ति क्षेत्रका रुपमा घोषणा गरेको हो ?

  • विःसं २०६८ /०२/११

६) विश्वमा नागरिक वडापत्रको शुरुवात कहिले र कहाँ बाट भएको हो ?

  • सन् १९९१ जुलाई २२ मा बेलायत बाट,( नेपालमा विःसं २०५६ साल बाट भएको हो भने नेपालमा क्षतिपुर्ती सहितको नागरिका वडापत्रको शुरुवात विःसं २०७० बैशाख २ बाट भएको हो )

७) अन्तराष्ट्रिय टोपी दिवश कहिले मनाईन्छ ?

  • जनवरी १ का दिन 

८) नेपाल बाट सबै भन्दा नजिक पर्ने बन्दरगाह कुन हो ?

  • कोलकात्ता बन्दरगाह 

९) महात्मा गान्धीको वास्तविक नाम के थियो ?

  • मोहनदास करमचन्द गान्धी 

१०) नेपालको वर्तमान संविधानले कति किसिमका अदालतको ब्यबस्था गरेको छ ?

  • ३ किसिमका, ( सर्वोच्च, उच्च र जिल्ला अदालत ) 

११) संशारको सबै भन्दा पहिलो महाकाब्य भनेर कुनलाई चिनिन्छ ?

  • रामायण 

१२) प्रदेश सभामा प्रस्तुत कुनै पनि बिधेयक अर्थ विधेयक हो वा हैन भन्ने प्रश्न उठेमा कसको निर्णय अन्तिम हुनेछ ?

  • प्रदेश सभाका सभामुखको 

१३) सार्कको स्थायी समितिमा को रहने ब्यबस्था रहेको छ ?

  • परराष्ट्र सचिबहरु 

१४) एउटै जातिका सजिवहरुको वीचमा देखा पर्ने असमानतालाई के भनिन्छ ?

  • परिवृती 

१५) परमाणु सिद्धान्तका प्रतिपादक को हुन ?

  • जोन डाल्टन 

१६) नेपालका औद्योगिक क्षेत्र मध्ये सबै भन्दा बढि रोजगार दाता औद्योगिक क्षेत्र कुन हो ?

  • बालाजु औद्योगिक क्षेत्र 

१७) नेपालले अन्तराष्ट्रिय क्रिकेट महासङ्घ (ICC) को सदस्यता कहिले प्राप्त गर्यो ?

  • सन् १९८८ मा, ( एसियाली क्रिकेट काउन्सिल (ACC) को सन् १९६६ मा पाएको हो ) 

१८) बाघको दृश्य देखाइएको नेपालको पहिलो चलचित्र कुन हो ?

  • जुनतारा 

१९) तलेजु भवानीको मन्दिर कुन दिन सर्वसाधारणका लागि खुला गरिन्छ ?

  • रामनवमीका दिन 

२०) न्याय परिषदको अध्यक्ष को रहने ब्यबस्था छ ?

  • प्रधानन्यायाधीश 

                    समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com