२०७७ मङ्सिर १५, साेमबार

img-responsive

०२:१९:११

 

लोकसेवा प्रतिस्पर्धात्मक मञ्च

img-responsive
गोठालो खबर २०७७ असार २७, शनिबार,०४:२८:AM  
img-responsive

(प्रत्येक शनिबार) लोकसेवा दर्पण

२०७७ असार २७ गते

कानूनको शासनको अवधारणा उल्लेख गर्दै यसको महत्व बारे समेत चर्चा गनूहोस । 


 कानूनको शासन (Rule of law)


आधिकारिक निकायद्धारा लोकतान्त्रिक पद्धती अनुसार जनभावना अनुरुप विधि सम्वत तरीकाले निर्मित ऐन, नियम र कानूनको परिधिमा आधारित भई संचालन हुने शासन कानूनको शासन हो । यो कानूनको सर्वोच्चतामा आधारित भएर संचालन हुन्छ । यसले स्वेच्छचारीता र निरङ्कुशतालाई अन्त्य गर्दछ साथै कानून भन्दा माथि कोहि नहुने कुरा स्पष्ट पार्दछ ।


तेह्रौ शताब्दीमा Bracton ले राज्य संचालनका सबै नियमहरु र राजा स्वयं कानूनका विषय हुने कुरा व्यक्त गरेरे यसको सांकेतिक सुरुवात गरेका थिए । सन १२१५ को म्याग्नाकार्टा, सन १६२८ को petition of Right,, १६८९ को Bills of Right ले यसलाई व्यापकता दिन सहयोग गरेको पाईन्छ । त्यसैगरि सन १८८५ मा एभि डायसीको पुस्तक "Introduction to the law of the constitution" ले यसलाई कानूनी सिद्धान्तको रुपमा मान्यता दिदै विश्वभर पू¥याउन सहयोग ग¥यो ।


       कानूनको शासनको महत्व


    कानूनी वा संबैधानिक सर्वाेच्चता कायम गर्न
    स्वेच्छचारीताको अन्त्य गर्न
    आधारभुत मानव अधिकार तथा मौलिक हकको संरक्षण गर्न
    शक्ति पृथकीकरण र सन्तुलनको मान्यताको विकास गर्न
    सिमित सरकारको अवधारणा अङ्गीकार गर्न 
    राज्य र नागरिक बिचमा सुमधुर सम्बन्ध विकास गर्न
    संविधानबादको मान्यतालाई सार्थकता प्रदान गर्न
    सामजिक न्याय कायम गरि आपसी सहिष्णुता कायम गर्न्
    अपराधको न्यूनिकरण गर्न
    सबै बर्गमा समानता कायम गर्न
    जनताको जीउ धनको सुरक्षा गर्न
    स्वच्छ, प्रतिस्पर्धी तथा चुस्त न्याय प्रणालीको विकास गर्न
    निर्णय प्रक्रियामा एकरुपता कायम गर्न
    दण्डहिनताको अन्त्य गर्न
    न्याय प्रति सबै बर्गको अपनत्वबोध कायम गर्न
    सुशासनको प्रत्याभुती गर्न


अन्त्यमा,


      विधि सम्वत कानूनको न्याय सम्वत प्रयोग नै कानूनको शासनको आधारशिला हो । तसर्थ कानून निर्माण लोकतान्त्रिक पद्धती अनुसार जनसहभागितामा आधारित भएर हुनुपर्दछ साथै निश्चित विधि मूल्य,मान्यता,दर्शन,सिद्धान्त र प्रक्रियामा समाहित भई निर्माण हुनुपर्दछ जसबाट जनताको बास्तविक अपनत्वबोध सृजना भई सभ्य राष्ट्र निर्माणमा सहयोग पुग्दछ ।

 

                             (बस्तुगत / सामान्य ज्ञान)


१. नेपालमा कानून दिवस कहिले मनाईन्छ ?
    बैशाख २६


२. स्वस्थानी ब्रत कथा कुन पुराण बाट लिईएको हो ?
    स्कन्द पुराण 


३. चन्द्र धरातलमा पठाइएको पहिलो यान कुन हो ?
    लुना २


४. किराँत संग्राहालय कहा रहेको छ ?
    खोटाङ


५. विश्वको पहिलो कम्युनिष्ट प्रधानमन्त्री को हुन ?
    लेलिन


६. स्थानीय निर्वाचन २०७४ पहिलो चरणमा कति जिल्लामा भएको थियो ?
    ३४ जिल्ला


७. आसियान (ASEAN) को  प्रधान कार्यालय कहा रहेको छ ?
    ईण्डोनेसियाको जकार्ता


८. नेपालको बर्तमान संबिधानको कुन धारामा महाअभियोग सम्बन्धि ब्यावस्था गरिएको छ? 
    धारा १०१


   ९. मानब जातिको पुर्खा बाँदर हो भनि ठोकुवा गर्ने वैज्ञानिक का ेहुन ?
    चार्ल्स डार्विन 


  १०. अन्तराष्ट्रिय जातिय भेदभाब उन्मुलन दिवश कहिले मनाईन्छ ?

   March 21


                                                                       नरेन्द्र पराजुली 
                                                                      शाखा अधिकृत

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com