२०७७ माघ १२, साेमबार

img-responsive

१०:४०:००

 

रामग्राम बचत ऋण सहकारी संस्थाले ३ लाख १४ हजार  शुद्ध नाफा आर्जन गर्न सफल

गोठालो खबर
गौरीशंकर जयसवाल , २०७७ पुस २४, शुक्रबार,०८:१०:PM  
img-responsive

परासी २४ पुस । रामग्राम बचत तथा ऋण सहकारी संस्था लि १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको वडा नं -३ स्थित परासी बजारको मुटुमा रहेको रेडियो परासीको सभाहलमा रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

रामग्राम बचत तथा ऋण   सहकारी संस्थाका अध्यक्ष जनार्दन ठाकुर तथा जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासीको अध्यक्ष राजन अचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले  शिक्षा, तालीम र सूचनाको माध्यमबाट सहकारीलाई सबल बनाउन सकिने बताए । सहकारी सामूहिक व्यवसाय भएकोले सदस्यको हित र आयआर्जन हुने कार्यक्रम सहकारीले सञ्चालन गर्नुपर्ने उनले जोड दिए । सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा भएमा मात्र समृद्धितर्फ उन्मुख हुन सकिने उनको भनाई थियो ।

सहकारीको साधारण सभामा सचिब मोहन  पौडेलले सचिवका प्रतिबेदन  तथा कोषाध्यक्ष चन्द्रमणि चौधरीले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।  २०५९ सालमा स्थापना भएको उक्त सहकारीमा शेयर पुँजी  २८  लाख २४ हजार तीन सय रहेको  छ । सहकारीले चालु ३ लाख १४ हजार  शुद्ध नाफा आर्जन गर्न सफल भएको र ८९ लाख १४ हजार कुल बचत रहेको सहकारीका कोषाध्यक्ष चन्द्रमणि चौधरीले जानकारी दिए । उक्त सहकारीले १ करोड १० लाख ४३ हजार ऋण लगानी गरेको संस्थाका सचिव मोहन पौडेलले जानकारी दिए ।

सहकारीमा महिला ५१ जना र पुरुष १०६ जना गरी एक सय ५७ जान  शेयर सदस्य रहेका छन।  त्यस्तै बाल बचत ५० जना रहेको संस्थाले जनाएको छ ।

साधारण सभामा बाल बचत कर्ताहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा आदित्य जैसवाल, अतित ठाकुर र शुसान्त गैरे रहेका छन्। त्यस्तै, उत्कृष्ट बचतकर्ताहरु मध्ये सम्मानित हुनेहरुमा पूर्ण सिंह थापा र पप्पु प्रसाद कोहाँरलाई सम्मानित गरिएको संस्था सचिव मोहन पौडेलले जानकारी दिए । साधारण सभामा सहकारीद्धय पूर्व अध्यक्ष राजकुमार रेश्मी मेघराज गौतम, संस्थाका सस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, पत्रकार महासंघका पूर्व अध्यक्ष केशव पराजुली, संस्थाका संचालक समिति सदस्य मुक्ति पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com