२०७७ माघ १२, साेमबार

img-responsive

११:१३:१६

 

देश विकासमा सहकारीको ठुलो महत्व : मंत्री उषा यादव

गोठालो खबर
बलिराम यादव , २०७७ पुस २४, शुक्रबार,०६:४४:PM  
img-responsive

वीरगंज , प्रदेश २।  प्रदेश २ की अर्थ राज्य मन्त्री उषा यादवले कुनै पनि देशको विकासको मेरुदण्ड सहकारी नै रहेको बताएकी छिन । अमेरिका, जापान जस्ता देशको विकासमा सहकारीकै महत्वपूर्ण भूमिका रहेको मन्त्री यादवले बताईन । जिल्ला कृषि सहकारी संघ पर्साको ९ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री यादवले फलफूल, तरकारी खेती, पशुपालन, माछा पालन जस्ता विभिन्न क्षेत्रमा सहकारी संस्थाहरु काम गर्दै विकासको सहयात्री बनेको प्रस्ट पारिन् ।

जनताको विकासका लागी ठुलो महत्व राखेको कृषि सहकारीलाई प्रदेश सरकारले कम्प्युटर, प्रिन्टर लगायतका  विभिन्न सामग्रीहरु पनि दिईएको र सहकारीलाई अझै अगाडी बढाउँन सहयोग गर्दै जाने मन्त्री यादवको भनाई रहेको थियो ।

‘‘प्रदेश २ मा करिब ८१३ वटा सहकारी दर्ता रहे पनि २० प्रतिशत मात्रै सक्रिय सहकारी रहेका छन् । बाँकी कागजमा मात्रै सिमित रहेको मन्त्री यादवको भनाइ थियो। ,‘ लोभ लालचले पनि कतिपय सहकारी गठन भई नागरिकलाई ठग्ने गरेको सुनिएको हुदा  प्रदेश सरकारले सहकारी सम्बन्धी ऐन बनाई सकेको तर कोरोना महामारी र राजनीतिक अस्थिरताका कारण प्रदेश सभामा पास हुन नसकेको गुनासो गरेकी छिन।  चाँडै नै ऐन पारित गरी क्षमता अभिबृद्धि, आर्थिक सहयोग जस्ता विभिन्न कार्यक्रम प्रदेश सरकारले संचालनमा ल्याउने कुराको पनि कार्यक्रममा जानकारी दिएकी छिन। 

प्रदेश सरकारको कामकाज बारे गलत प्रचार भईरहेको बताउँदै मन्त्री यादवले प्रदेश सरकारले सबै योजना र काम जनचाहना अनुसार नै गर्दै आएकोले त्यसता गलत प्रचार गर्नेहरुको भ्रममा नपरेर सबैले एकचोटी प्रदेश सरकारको निती तथा कार्यक्रम बढ्नु पर्ने आग्रह गरेकी छिन । प्रदेश सरकारले अझै धेरे काम गर्न खोजे पनि केही कर्मचारीको बदमासी र दक्ष कर्मचारीको अभावमा पनि काम गर्न समस्या भएको उनको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी मन्त्री यादवले माछा पालन, दूध उत्पादन जस्ता विभिन्न कृषि कार्यमा कसरी आत्म-निर्भर बनाउन सकिन्छ भन्ने बारे प्रदेश सरकारले विभिन्न योजना ल्याई कृषि कार्य गरिरहेको बताईन् ।

‘‘प्रदेश सरकारले ‘हर खेतमा पानी, हर हातमा काम’ कृषि क्षेत्रलाई बलियो बनाई कृषि मै आत्म-निर्भर बनाउन विभिन्न काम गर्दै आएको छ । उनले भनिन्, ‘महिला हिंसा न्युनिकरणका लागी ‘बेटी बचाउँ, बेटी बढाऊ’’ अन्तर्गत ‘छोरी शिक्षा विमा’, ‘प्रदेश प्रहरी ऐन’ ‘महिला आरक्षण’ र दलित आरक्षण जस्ता विभिन्न ऐन ल्याएको छ ।’’

प्रदेश सरकारले लोकपाल बिध्येक पनि ल्याएको छ । जसमा यदि मुख्यमन्त्री नै भ्रष्टाचारी भए भने उनलाई पनि कारवाही हुने भएकोले यस्तो विध्येक अरु कसैले पनि नल्याएको मन्त्री यादवले दाबी गरिन् । स्थानीय तहमा पार्टीगत हिसाबले पनि प्रदेश सरकारको धेरै काम नभई बजेट नै फ्रिज हुने गरेको उनले बताईन् ।

जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अथिति प्रदेश सांसद प्रलाहद गिरी, अतिथि सखुवा प्रसौनी, गाउँपालिका उपाध्यक्ष फूलमति देवी थरुईन, जसपा केन्द्रिय सदस्य फिरोज मन्सुर, युवा नेता शिव जी सोनी लगायत विभिन्न सहकारी संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहजीकरण भने जिल्ला कृषि सहकारी संघका लेखा समिति संयोजक अरबिन्द साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com