२०७७ माघ १५, बिहीबार
१२:०३:३३
परासी २४, पुस । लुम्बिनी प्रदेशका १२ जिल्लामा प्रहरीले यौनजन्य दुर्व्यहवार विरुद्धको विशेष अभियान आज देखि सुरु गरेको छ । सार्वजनिक सवारी साधनमा यौनजन्य दुर्व्यहवार का घटना बढ्दै गएकाले प्रदेशका सबै जिल्लामा आज देखि अभियान थालिएको हो ।
पश्चिम नवलपरासीमा पनि आज एक कार्यक्रमका बिच यौनजन्य दूर्व्यवहार विरुद्धको अभियान सरोकारवाला बिचको छलफल बाट सुरु गरिएको प्रहरी उपरिक्षक अजय केसिले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका नवलपरासीका प्रहरी निरीक्षक राजिब श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यहवार न्युनिकरण गरी व्यवस्थीत र मर्यादित बनाउन प्रहरीले यस्तो अभियान सुरु गरेको बताए ।
यौनजन्य दुर्व्यवहार भएमा तत्कालै आवाज उठाई कारवाहिको दायरामा ल्याउन पनि यो अभियान प्रभावकारी हुने प्रहरीको अपेक्षा छ । प्रहरीले अभियानको अवधिभर जनचेतनामुलक कार्यक्रमका साथै सार्वजनिक सवारी साधनमा सादा पोसाकका प्रहरी खटाएर छड्के चेकजाँच पनि गर्ने प्रहरी कार्यालका प्रहरी डिएसपी राजु लामाले बताए ।
त्यस्तै कसैले महिलाको दफ ११८ अभ्रद व्यवहारमा सार्वजनिक स्थानमा प्रबेश गर्न, कानूनी अधिकार नभएको ठाउँमा प्रबेश गरी कसैलाई अभ्रद व्यवहार गर्न, सार्वजनिक स्थानमा महिला तथा बालबालिका वा शारिरीक रुपमा अशक्त व्यक्तिलाई हैरानी गर्न नहुने, गरेको पाईएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई एक बर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने सक्ने श्रेष्ठले बताए ।