२०७७ माघ ७, बुधबार

img-responsive

०९:०७:४९

 

दुर्गा भगवती गाउँपालिकाले गरे बालबालिकालाई शैक्षिक सामग्री वितरण

गोठालो खबर
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ पुस २१, मङ्गलबार,०७:५७:AM  
img-responsive

रौतहट, २१ पुष। रौतहटको दुर्गा भगवती गाउँपालिका अन्तर्गत रहेका १७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १ देखि ५ कक्षा सम्मको विद्यार्थीहरूलाई “समता रणनीति कार्यक्रम” बाट शैक्षिक सामग्रीहरू वितरण गरिएका छ। दुर्गा भगवती गाउँपालिकाद्धारा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा आयोजित विशेष कार्यक्रममा पालिका अन्तर्गतका १७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरूलाई जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादवले शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

कोभिडको महामारीका कारण प्रभावित भएको हुँदा गत आर्थिक वर्ष २०७६/०७७ को “समता रणनीति कार्यक्रम” र पालिकाको सहयोगमा शैक्षिक सामग्रीहरू खरिद गरिएर आज एक कार्यक्रमको बिच उक्त सामग्रीहरू विद्यार्थीहरूलाई वितरण गरिएको दुर्गा भगवती गाउँपालिका गंगापिपराले जनाएको छ

समन्वय समितिका सभापति रामएकवाल राय यादवले विद्यालय जाने उमेरका बालबालिकाहरूलाई अनिवार्य रूपमा विद्यालयमा आउने वातावरण सृजना होस भने उद्देश्यका साथ सङ्घीय सरकारको शिक्षा मन्त्रालयद्धारा विशेष कार्यक्रम मार्फत उपलब्ध भएका रकमबाट शैक्षिक सामग्रीहरू खरिद भए पनि कोभिडको कारण वितरण हुन नपाए पनि उक्त कार्यलाई ढिलै भए पनि अहिले वितरण गरिएकोमा खुसी व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल सरकारद्वारा घोषित कार्यक्रम अनुसार सबैको लागि अनिवार्य शिक्षा नाराको साथ हरेक मानिसको शिक्षामा पहुँच भने उद्देश्यका साथ समता रणनीति कार्यक्रम लागु गरेको छ । हरेक बालबालिकालाई विद्यालयमा पहुँच सहज एवं सरल बनाउनका लागि पोसाक, ब्याग, कपी, पेन्सिल सहितका शैक्षिक सामग्री सहितको छात्रवृत्ति उपलब्ध गराउने गरेको बताए ।

बाल मजदुरीबाट टाढा रहनु तथा विद्यालय शिक्षामा जोड दिई सबैलाई साक्षर बनाउने, विद्यालय बाहिरका क्रियाकलापलाई समाप्त पारी एकल उद्देश्य अध्ययन अध्यापनमा जोड दिनु रहेको हुँदा अभिभावहरू जिम्मेवार भई आफ्ना बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउनका लागि अनिवार्य शिक्षा दिलाउनु पर्ने रहेको उलने प्रस्ट पारे । नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृष्णप्रसाद यादवले सबैलाई अनिवार्य शिक्षा अभियानलाई प्रभावकारी बनाउनका लागि प्ले ग्रुप देखि ५ कक्षा सम्मका बालबालिकाहरूलाई पहिलो चरणमा वितरण भइरहेको शैक्षिक सामग्रीहरूबाट विद्यालयमा जान झन् अग्रसर बनाउने विश्वास व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष अरुणकुमार साहले पालिका अन्तर्गत प्राथमिक विद्यालय, आधारभूत विद्यालय र माध्यमिक गरी १७ विद्यालयमा अध्ययनरत रहेका करिब ४५ सय छात्रछात्राहरूलाई शैक्षिक सामग्री वितरण गर्न समता रणनीति कार्यक्रमबाट बजेट अपुग भएपछि पालिकाबाट बजेट विनियोजन गरेर पहिलो चरणमा ३ हजार बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिने लक्ष्यका साथ कार्यक्रम आजबाट सुरु गरिएको स्पष्ट पारे। सबै बालबालिकाहरूलाई कोभिडको कारण यहाँबाट वितरण गर्न नसकिने तर सम्बन्धित विद्यालयबाटै भोलि देखि वितरण हुने जानकारी दिँदै दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्राहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए । उक्त कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको उपाध्यक्ष श्रीमती मञ्जु देवी झा, वडाध्यक्षहरू सुरेश चौधरी, धर्मेन्द्रकुमार झा, रामबाबु यादव, धर्मनाथ चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत जगत साह, सरस्वती माविका प्र.अ. तेजनारायण साह, पूर्व प्र.अ. रबीन्द्र झा, राजु साह, सहितका १७ वटै सामुदायिक विद्यालयका प्र.अ. सहित सयौं छात्रछात्राहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रमुख साह र उपप्रमुख मंजु देवी झाले कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथि सहित प्रअहरुलाई दोसल्ला, सम्मान पत्र र मायाको चिनो दिएर सम्मानित गरिएको दुर्गा भगवती गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृत जगत साहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com