२०७७ माघ १२, साेमबार

img-responsive

११:३९:५३

 

एशियन लाईफ इन्स्योरेन्स कम्पनी, भोजपुर शाखाले मृत्यु दाबी भुक्तानी ग¥यो

बिमा बजारको भ्रम चिर्न र नागरिकले बिमाको भरोसा अनुभूति हुने गरी विश्वसनीयता कायम गर्न घर दैलोमै गएर भुक्तानी दिने गरेका छौंः शाखा प्रमुख राजन राई

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस २०, साेमबार,१०:१०:AM  
img-responsive

भोजपुर, २० पुष। आइतबार एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, भोजपुर शाखाले एक कार्यक्रम गरी बिमित्को मृत्यु दाबी भुक्तानी गरेको छ । भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका वडा नं. १ ओख्रेमा उक्त मृत्यु दाबी भुक्तानी कम्पनीका तर्फबाट शाखा प्रमुख राजन राईले गर्नु भएको थियो ।

भोजपुर जिल्ला, रामप्रसादराई गा.पा. वडा नं. १ ओख्रे, खेना निवासी यस कम्पनीकी बिमित कृष्ण कुमारी राईको २०७७ साल असोज ११ गते ५४ वर्षको उमेरमा उहाँको मृत्यु भएपछि मृतककी दाजु कप्तान राईलाई भुक्तानी दिइएको हो । मृतक राईले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा २०७५ साल पुषमा रु. ३ लाखको जीवान बिमा गर्नु भएको थियो । मृतकलाई रामप्रसादराई गा. पा. वडा नं. - ४ दलगाउँका एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि., भोजपुर शाखाका अभिकर्ता राजु राईले बिमा गराउनु भएको थियो। मृतकले बिमा कम्पनीलाई हाल सम्म २ किस्ता प्रिमियम स्वरूप रु. ५४ हजार तिर्नु भएको कम्पनीले जनाएको छ। मृत्यु दाबी भुक्तानी अन्तर्गत उहाँको परिवारलाई विमाङ्क रकम र बोनस सहित रु. ३ लाख, ३९ हजार, ३ सय ८६ पैसा हस्तान्तरण गरेको हो ।

बिमा क्षेत्रमा विकृति छ, बिमा गराउने समयमा विभिन्न प्रलोभन देखाउने तर क्षतिपूर्ति दिने बेलामा नागरीहरूलाई हैरानी दिने, विभिन्न बहानामा क्षतिपूर्ति दिन हिचकिचाउने बजारको जुन हल्ला छ, त्यो झुट हो र कुनै पनि बिमासकम्पनीहरुले त्यसो गर्न मिल्दैन, जनताको सारथिको रूपमा बिमाले आफूलाई खडा गर्न सक्नु पर्छ, नागरिकको भरोसा बन्नु पर्छ, बिमाले अरू केही नगरे पनि दुःखमा आँशु सम्म पुछ्न मद्दत गर्छ भन्ने मान्यताका साथ बिमा बजारको नकारात्मक हल्लाहरूलाई चिर्न एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले क्षतिपुरर्ति घर—घरमै गएर दिने गरेको प्रमुख राजन राईले गोठालो खबरलाई बताउनु भयो । बजारको नकारात्मक  हल्लाको पछाडि नलागी आफ्नो बलबुता र कमाउने उमेर हुँदा नै आफ्नो कमाएको रकमबाट केही रकम विमाको लागि छुट्यएर बचतको रूपमा, बुढेसकालको साहाराको रूपमा, भइपरी आउँदा परिवारको आर्थिक सङ्कटबाट बच्न, ठुलै घातक रोग लागेको खण्डमा, बाल बच्चाको भविष्य र उनीहरूको उच्च शिक्षाको लागि पनि बिमा अपरिहार्य रहेको उहाँको तर्क थियो ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि., भोजपुर शाखाले हस्तान्तरण गरेको मृत्यु दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट भोजपुर शाखा प्रमुख राजन राई, प्रमुख अतिथिमा प्रहरी चौकी ओख्रेका हवलदार रमेश यादव, वडा सदस्य धनिराज राई, स्थानीय शिक्षक, हुलाक कार्यालयका प्रतिनिधि, यसै कम्पनीका अभिकर्ताहरु, मृतकका आफन्त लगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई शान्तिकला राईले सञ्चालन गर्नु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com