२०७७ माघ १२, साेमबार
११:५६:३३
गौैरीशंकर जयसवाल
परासी १९ पुस । घरेलु तथा साना उद्योग महासङ्घका कार्यवाहक राष्ट्रिय अध्यक्ष उमेश प्रसाद सिंहले लघु घरेलु तथा साना उद्यमीलाई हेर्ने सरकारको दृष्टिकोण बिस्तारै परिवर्तन हुँदै गएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ पश्चिम नवलपरासीको १६ औ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन भुमहिमा सम्बोधन गदै सिंहले वर्तमान सरकारले बजेट निर्माण देखि मौद्रिक नीति तय गर्दा पनि साना उद्यमीको राय सुझाव लिएको बताए । उद्यमी र व्यवसायको उत्थानका लागी महासङ्घले दिएका ६२ बुँदा सुझाव मध्ये ५७ वटा बुँदा कार्यान्वयन भएको भन्दै कार्यवाहक अध्यक्ष सिंहले उद्यमीहरूका लागी अहिले ठुलो अवसर सृजना भएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकले प्रदेश सरकारले उद्यमीको हित अनुरूप काम गर्न नसकेको बताए । नामका लागी मात्रै केही कार्यक्रम आएको तर साना उद्यमीको वास्तविक हित हुने कार्यक्रम आउन नसकेको जिकिर गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख शिवशंखर प्रसाद रायले अहिले स्थानीय स्तरमा काम गर्न बजेट अभाव नरहेको बताउँदै केन्द्र देखि स्थानीय सरकारले बजेट छुट्टाई रहेको बताए । महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्र प्रसाद भुसाल, घरेलु तथा साना उद्योग महासङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, महासङ्घका केन्द्रीय सदस्य प्रदिप उदय, प्रदेश महिला उद्यमी समिति सदस्य शान्ति शर्मा, नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा, महिला उद्यमी समिति सभापति तारा आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत तथा कोषाध्यक्ष तेज प्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय तहमा लघु घरेलु तथा साना उद्यम गर्दे आएका उद्यमीहरूलाई सम्मान पनि गरिएको छ । रामग्राम नगरपालिका वडा नम्बर १० मा रहेको सफल गाउँ कृषि फर्मका सञ्चालक देवेन्द्र चौधरी, सुनवल नगरपालिका बाट सिलाई कटाई र हस्तकलाको काम गर्दे आउनुभएकी वडा नम्बर १ कि चन्दा गुरुङ, सुस्ता गाँउपालीका बाट वशिष्ठ डेरी उद्योगका सञ्चालक श्याम सुन्दर भट्टराई, सरावल गाँउपालीकाबाट पेन्टिङमा विशेष दखल राख्ने बिके आर्ट ग्यालरीका सञ्चालक नर बहादुर बि.क. र पाल्हीनन्दन गाँउपालीकाबाट वडा नम्बर १ का काष्ठ उद्यमीहरुलाई प्रोत्साहन गरिएको महासङ्घका सचिव राजन कुमार आचार्यले जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको नबौ अधिबेशनबाट पुन मेघराज गौतमको नेतृत्वमा २५ सदस्य निर्विरोध कार्य समिति चयन गरेको छ । यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार रेग्मी, उपाध्यक्षमा कृष्णप्रसाद उपाध्याय, महासचिवमा राजनकुमार आचार्य, र कोषाध्यक्षमा तेजप्रसाद भण्डारी चयन भएका छन् । यस्तै सदस्यहरूमा हिमाल चापागाई, मुरली गौतम, रामदायाल तेली, खगेश्वर भुसाल, मञ्जु खत्री, देवेन्द्र चौधरी, किशुन कुमारी चौधरी, राधिका पराजुली, अमरीक थारुनी, प्रबिन अमात्य लगायतले चयन भएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष एव निर्वाचान अधिकृत उमानाथ पोखरेले जानकारी दिए ।