२०७७ माघ १५, बिहीबार

img-responsive

११:२०:१९

 

जाजरकोटमा ओली खेमाको उदाउँदो नेता बन्दै सिपि 

गोठालो खबर
गोठालो खबर २०७७ पुस १८, शनिबार,०९:५५:PM  
img-responsive

सुशान्त, सुर्खेत 

जाजरकोट, १८ पुष। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनौपचारिक विभाजन पश्चात् जाजरकोटका नेताहरू समेत आफ्नो पक्षमा कार्यकर्ता बटुल्न जुटेका छन् । अहिले जाजरकोटमा नेकपा भित्रको दुइटा टिम सक्रिय छ ।

प्रधानमन्त्री केपी ओली र प्रचण्ड (माधव समूह) दुवै टिम वडा स्तरमै आफ्ना कार्यकर्तालाई आफूतिर तान्न लागिपरेका छन् । भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ती समेत राजधानी बाट जाजरकोट फर्किएका छन् । उनी २१ गते हुने कार्यक्रमको तयारीका लागि जाजरकोट आइपुगेका छन् । २१ गते मणि थापाको उपस्थितिमा नेकपा ओली समूहले कार्यक्रम गर्दैछ ।

प्रभावशाली युवा नेताको छवि बनाएका सिपीलाई पार्टी अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । उनीलाई  जाजरकोटमा ओली खेमाको उदयमान नेताको रूपमा हेरिएको छ । युवाहरू माझ लोकप्रिय सिपि मेयरको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरिरहेकाले पनि थप समर्थन बटुलने उनी निकट एक कार्यकर्ताले बताए ।

राष्ट्रिय स्तरमा खेलाडीको समेत छवि बनाइसकेका सिपीलाई भेरी नगरपालिकाको मेयरमा निर्वाचित गर्नुको कारण पनि युवा माझको लोकप्रियता थियो । प्रधानमन्त्री निकट नेकपाको जाजरकोटमा प्रभाव जमाउन सिपीलाई सहज छ । उनीले युवाहरूको भावनालाई समेटेर जाने परिपाटी निर्माण गरेका छन् ।मेयर भएपछि जनताका आधारभूत समस्याहरूलाई हल गर्न उनको भिजनलाई नगरपालिकालाई उल्लेखनीय उपलब्धि हासिल गर्न उपयोग गरेको छ। राजनीति शास्त्र र कानुनमा राम्रो दखल राख्ने सिपीलाई जाजरकोटको दोस्रो पुस्ताको नेता बन्ने ठुलो अवसर छ । 

प्रचण्ड माधव समूह बाट शक्ति बस्नेत, करवीर शाही, नीरज आचार्य लगायतका नेताहरूको बलियो उपस्थिति हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com