२०७७ माघ १५, बिहीबार
११:०६:०७
कविता
.........
म र जाँड
जन्मको हिसाबमा लाखौ बर्ष,
अगाडि सायद तिम्रो जन्म भयो,
मेरो जन्म भन्दा पहिले।
आज तिमी र म संगै हिडेको,
हिसाब किताब गर्नु भन्दा पहिले,
यति लामो यात्रा संगै हिंडिएछ
थाहै नभई मेरा बत्तीस पुस्ता पहिले,
अहँ,
तिमी सगै हिंड्दा,
मेरा सन्ततिहरु कोही विद्वान भएनन्,
कोहि ऋषिमुनि भएनन् ,भएनन् प्रधानमन्त्री,
कोही केही भएनन्।।
आँखा छोपिने गरी, दुईहातले पिए पछि,
संसार देख्ने मेरा पुस्ताहरु ।।
यसैगरि घरजम चलाए,
यसै गरी कानुन हातमा समाए,
हे जाँड,
तिमी संगै हिड्दा , मेरा भाषा हराए,
मेरा लिपि हराए, मेरा दर्शन हराए ,
मेरा सबै बसै हराए यी
सबै भुलेर तिम्रो शक्ति जगाए,
हे जाँड,
यस्तै यस्तै मात्र सिकायौ त्यसैले
मेरा तेत्तीस पुस्ता देखि तिमीलाई हुने छैन साथ।।
हे जाँड,
यति लामो श्रृखला म कसरि सोच्न सकु।।
तिमिलाई नयाँ अनुहारले दिनेछन् साथ
म र तिमि भन्दा लामो साथ रहोस शुभकामना।।