२०७७ माघ १२, साेमबार

img-responsive

१०:२४:२२

 

जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादी पार्टी बीच एकीकरण

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस १८, शनिबार,११:३६:AM  
img-responsive

काठमाडौँ , १८ पुष। जनता समाजवादी पार्टी नेपाल र कम्युनिस्ट पार्टी मार्क्सवादी पार्टीबिच पुष १७ गते एकता घोषणा भएको छ। शुक्रवार दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा एक कार्यक्रम गरी एकता घोषणा भएको हो।

एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरूले नेपालमा लामो समय देखीको आन्दोलनमा श्रमजीवी जनता र उत्पीडित राष्ट्रियता महिला मुक्ति शिल्पी समुदाय आन्दोलनलाई एकताले शक्ति प्रधान गर्ने बताए। जसपा अध्यक्ष महन्त ठाकुरले देशमा भइरहेको विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरूमा समान प्रतिनिधित्व गराउन जसपाले सङ्घर्ष गरी रहेएको बताए । वरिष्ठ नेता राजेन्द्र महत्त्वले देशमा जुन राजनीति प्रणाली आए पनि पछि पारिएका समुदायले आफ्नो अनुभूति पाउन नसकेको कारण जसपा चाहिएको बताए ।

जसपा सङ्घीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, पार्टीको वरिष्ठ नेता अशोक राई र केन्द्रीय नेता नवराज सुवेदी लगायतका नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा जसपाको तर्फबाट अध्यक्ष द्वय महन्त ठाकुर र उपेन्द्र यादव साथै नेकपा एकीकृत मार्क्सवादीको तर्फबाट संयोजक अमृत पुरी द्वारा संयुक्त प्रेस विज्ञप्ति निकालिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com