२०७७ माघ १५, बिहीबार
१०:१४:४८
काठमाण्डौ, पुष १७। चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने मिती तय गरेको छ। कम्पनीले पुष २४ गतेबाट आइपिओ निष्काशन गर्ने भएको छ। स्थानीयमा निष्काशन तथा बाँडफाँड सकिसकेपछि १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ अर्थात १५ कराेड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणमा जारी मिती तय गरेको हो।
कम्पनीको १५ लाख ३४ हजार ९१ कित्ता मध्य ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित राखी बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओ भर्ने समय छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गते सम्म तोकिएको भने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाएको छ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ। इक्रा नेपालले कम्पनीलाई मध्यम स्तरको क्रेडिट जोखिम रहेको इक्रा एनपी आईआर डबल बी रेटिङ्ग दिएको छ।
यस आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।