२०७७ माघ १५, बिहीबार
११:१३:१२
काठमाडौं, १७ पुस । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा हलुका सवारी चालक तालिम समापन भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २२औं समूहको हलुका सवारी चालक तालिम शुक्रबार समापन भएको हो ।
तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले संगठनमा दक्ष सवारी चालकहरुको कमीलाई परिपूर्ति गर्नका साथै समयसापेक्ष नयाँ प्रबिधियुक्त सवारी साधनहरुको बारेमा दक्षता अभिबृद्धि गर्न तालिम सञ्चालन गरिएको बताए ।
गत कात्तिक २३ गतेदेखि संचालित उक्त तालिममा ३० जना प्रहरी जवानले तालिम हासिल गरेका जनाएको छ ।