२०७७ चैत २९, आइतबार

img-responsive

०१:३४:२६

 

विकासमा विश्रामपुरका वडा अध्यक्ष प्रमोद यादवको वाहवाही गर्दै वडावासी; दलित तथा विपन्नलाई बाँडे कम्बल

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस १७, शुक्रबार,०१:४०:PM  
img-responsive

बलिराम यादव, वीरगंज 

वीरगंज, १७ पुष। पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा  अति विपन्न, गरिब, दलित तथा ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण गरिएको छ । 

बहुदरमाई वडा नं. १ विश्रामपुरमा वडाध्यक्ष प्रमोद यादवले गरिब, दलित तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका हुन् । केही दिनदेखिको सितलहरसंगै चलेको चिसो हावाको कारण जाडो बढेसंगै वडा अध्यक्ष यादवले जाडोबाट बचाउन गरिब, दलित तथा ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण गरेका हुन् ।वडा कार्यालय बिश्रामपुरस्थित बुधवार एक कार्यक्रमका बिच वडाध्यक्ष यादवले १५० जना गरिब, दलित तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका थिए । 

वडाध्यक्षमा निर्वाचित भएदेखि नै जनताको हरेक दुःख सुखमा हातेमालो गर्दै विकास निर्माणका कार्यमा पालिकाको अन्य वडालाई उछिन्ने गरेकोले आफूहरू उत्साहित भएको वडावासीहरूले बताएका छन् ।बाटोघाटो तथा सडकको अवस्था एकदमै राम्रो रहेको सो वडामा वडाध्यक्ष यादवको मेहनत र लगनशीलताले वडाको गल्ली गल्लीमा ढलानसहितको सडक र नाला निर्माण भएपछि वडावासीबिच उनको वाही वाही भएको उनीहरूले बताएका छन् । 

विश्व महामारीको रूप लिएको कोरोना भाइरसको बेला पनि दैनिक ज्यालादारी गरीखाने गरिब तथा विपन्न परिवारलाई दैनिकी चलाउन कठिनाइ भइरहेको बेला दाल, चामल, आलु, प्याज, तेल, लगायतका खाद्य सामग्री २/३ पटक समेत वितरण गरेकोले आफूहरूलाई लकडाउनको खासै असर नपरेको हर्षित हुँदै सो वडाका विपन्न तथा दलित समुदायहरू बताए । रोजगार बनाउन निमित्त विभिन्न सिलाई, कटाई सम्बन्धी तालिम सञ्चालन गरी सिप सिकाई कतिपय चेलीबेटीहरूलाई स्वरोजगार बनाएको कार्य अहिले पनि वडावासीको लागी चर्चाको विषय बनेको छ । 

कम्बल वितरण कार्यक्रममा स्थानीय समाजसेवी जटाशंकर यादव, वडा सचिव दिनेश कुमार, स्थानीय अदेश कुशवाहा लगायत विभिन्न वडावासीको उपस्थिति रहेको थियो । वितरण गरिएको १५० थान कम्बल बहुदरमाई–१ वडा कार्यालयको बजेटबाट खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com