२०७७ फागुन १७, साेमबार

img-responsive

०३:०६:४१

 

कविता : हाम्रो सपना ! मुर्दावाद !

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस १७, शुक्रबार,१२:२६:PM  
img-responsive

कविता

हाम्रो सपना ! मुर्दावाद !

हामी यही छौँ वर्षौदेखि
रोग, भोक, शोकले ग्रसित भएर
तर कसैले खिचेन हाम्रो तस्बिर
कसैले छापेन हाम्रो समाचार
हाम्रो सपना यही छ
जहाँको त्यही छ
हामी यही छौ
हामी त्यही छौ
जहाँ, झुक्किएर आउँथे एक हूल
मान्छे भन्न नमिल्ने मान्छेहरू
देखाएर जान्थे आकासे चील सपना
हामी पत्याउँथ्यौ र उड्थ्यौ त्यही आकाशमा
झ्याम्मै झरेपछि थाह हुन्थ्यो-
हैट  कता उडिएछ कता झरिएछ
(तर हामी चेत्दै नचेत्ने मान्छे)
उनीहरू हाम्रो  सपनाको हत्या गरेर फरार हुन्छन्
बाटो फेरिरहन्छन् हामीले नदेख्ने गरी,
हामीले नभेट्ने गरी
फेरिरहन्छन् उनीहरूकै सपना ,
उनीहरूकै जीवन
(हामी त हामी मादलको ताल)
अब हामीलाई फेरि यस्तरी न्याक्छन् कि
यस्तरी टाँस्छन की
यस्तरी समात्छन् कि
हामी  फुत्किने कोसिस नै गर्दैनौ
हामी हाम्रै सपनाको मलामी जाँदै
हाम्रै  विरुद्ध नारा लगाइरहेका हुन्छौ
हाम्रो सपना मुर्दावाद – मुर्दावाद ! मुर्दावाद !!
 हाम्रो सपना मुर्दावाद – मुर्दावाद ! मुर्दावाद !!

                                             - भोजपुर

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com