२०७७ माघ १५, बिहीबार

img-responsive

१२:१२:४५

 

असंवैधानिक संसद विघटन विरुद्ध संयुक्त आन्दोलन गरौं : प्रदेश सदस्य भट्टराई

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस १७, शुक्रबार,०९:१७:AM  
img-responsive

काठमाडौँ, १७ पुस। जनता समाजवादी पार्टी नेपाल प्रदेश न।१ का सदस्य एवं अनुशासन विभाग प्रमुख रामप्रसाद भट्टराईले असंवैधानिक अलोकतान्त्रिक प्रतिगमकारी संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कदम विरुद्ध संयुक्त आन्दोलन गर्न आग्रह गरेका छन्।

संवैधानिक तरिकाले संसद विघटनको विरुद्धमा नेपाली काँग्रेस नेकपा र जसपा आफ्नो आफ्नो हिसाबले चरणबद्ध आन्दोलन घोषणा गरी विरोध गरिराखेका छन् । यातायात व्यवसायी एवं राष्ट्रिय उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घका उपमहासचिव समेत रहनु भएका भट्टराईले तिनै वटा दल एक भएर संयुक्त सशक्त आन्दोलनको आवश्यक भएको बताउनुभयो। यो सडक आन्दोलन बाट संसद पुनर्स्थापना गर्नेमा जोड दिएका छन् । वर्तमान संविधानको धारा ७६को उपधारा ७ मा भएको प्रयोग अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न मिल्दैन संसदमा कसैको बहुमत नआएको अवस्थामा ठुलो दलबाट प्रधानमन्त्री बन्ने र उसले विश्वासको मत नपाउने अवस्थामा मात्र प्रधानमन्त्रीले सो धारा प्रयोग गर्न सक्छ। संविधानको धारा ७६को उपधारा ७ भनिएको छ उपधारा ५ बमोजिम नियुक्ति भएका प्रधानमन्त्री विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्रीले नियुक्ति हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिना भित्र निर्वाचन हुने गरी मिति तोक्ने प्रस्ट व्यवस्था हुँदाहुँदै असंवैधानिक प्रतिगमनकारी तरिकाले गरेको कदम विरुद्ध संयुक्तआन्दोलनको विकल्प नरहेको भट्टराईले बताए ।

संविधानको धारा १०३ले संसदलाई बिशेषधिकार प्रदान गरेको छ। यो अधिकार प्रयोग गरेर संसद आफै विउँझिन्छ त्यसतर्फ पनि सोचबिचार गर्न दलहरुलाई आग्रह गर्नु भएको छ। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com