२०७७ माघ १५, बिहीबार

img-responsive

०९:५२:५५

 

बनदेबी मन्दिरको पर्यटकीय प्रर्वद्धन र संरक्षणमा स्थानियहरुको अग्रसरता

गोठालो खबर
गोठालो खबर २०७७ पुस १५, बुधबार,०६:२८:PM  
img-responsive

                                             - गौरीशंकर जयसवाल

परासी १५ पुस । बनदेबी मन्दिरलाई पर्यटकीय रुपमा प्रर्वद्धन र संरक्षरणमा गर्न स्थानियहरु  जुटेका छन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं- ११ जमुवाडमा अवस्थित रहेको ऐतिहासिक महत्व बोकेको भएपनि ओझेल प्रेको बनदेबी मन्दिरलाई पर्यटकीय प्रर्वद्धन र संरक्षण गर्नको निम्ती स्थानियहरु जुटेका हुन ।

जमुवाड गाउंको ईतिहास दर्शाउने मन्दिर ओझेलमा परेसगैं स्थानियहरु चिन्तित हुंदै पर्यटकीय प्रर्वद्धन र संरक्षणमा लागि परेको रामग्राम नपा वडानं - ११ मा बस्ने नरपति थारुले बताए । ऐतिहासिक बनदेबी मन्दिर ओझेलमा परेपछि स्थानियहरुले बनदेबी मन्दिर संरक्षण तथा व्यवस्थापन गर्न ११  सदस्यीय कार्यसमिति बनाएर संरक्षण र प्रर्वद्धनमा काम अघि बढाएको अध्यक्ष आराधना भट्टले जानकारी दिईन ।

उनले भनिन,- उक्त मन्दिर जमुवाड गाउँको चिनारी भएकोले अब यसलाई सबै स्थानियबासीहरु मिली पर्यटकीय प्रर्वद्धन र सरक्षणमा जुटन आवश्यक भए बमोजीम हामी सबै स्थानीयहरु मन्दिरलाई सौन्दर्यकरण गर्न जुटेका छौ। प्राकृतिक सुन्दरताले भरिपूर्ण सो क्षेत्रमा सचेतना नहुंदा पर्यटकिय गतिविधि फष्टाउन नसकेको भन्दै प्रचार प्रसारमा स्थानियहरु लागेका छन ।

स्थानियको सक्रियातमा बनदेबी मन्दिरमा पिकिनकि स्पट, मन्दिर, पुजाआर्यचन गर्ने पुजारीको बस्ने  भवन निमार्ण गरिएको छ । समितिले मन्दिर संरक्षण र प्रर्वद्धनका लागि स्थानिय निकाय र जनप्रतिनिधिको ध्यानाकर्षण गराएपछि रामग्राम नगरपालिकाले बजेट पनि यसबर्ष बिनियोजन गरको समितीका अध्यक्ष आराधना भट्टले बताईन ।

सो मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गरी पर्यटकीय क्षेत्र र संरक्षण गर्नको लागि आर्थिक बर्ष २०७७।०७८ मा नगरपालिकाले १५ लाख बिनियोजन गरेको रामग्राम नगरपालिकाको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

तोकिएका क्षेत्रमा पार्क, पिकनिक स्पट, शौचालायहरु र मन्दिरसम्म जाने बाटो निमार्ण कार्य हुने बताए । गुप्ताले नगरभित्र ऐतिहासिक महत्व बोकेका मठ मन्दिरलाई संरक्षण तथा प्रर्वद्धनको निम्ती नगरपालिकाले बजेट बिनियोजन गरेर अगाढी बढेको बताए । बुढापाको किम्बदन्ती अनुसार स्व: जित बहादुर भट्टको सपनामा जगलबाट निस्केको एउटा बाघ आएर बनदेबीको मन्दिर स्थापना गर्न भनेपछि बि.स १९९८मा उक्त बनदेबी मन्दिरको स्थापना भएको थियो ।

उक्त मन्दिरमा नवदुर्गाको आष्टमी दिन भट्ट परिवार सहीत अन्य स्थानियहरुले खसी-बोकाको बलीदिने चलन छ । स्थानियहरुओ भनाई अनुसार यो मन्दिरमा भाकल गर्दा पुरा हुने जनबिश्वास रहेको छ । उक्त मन्दिर २ बिगाह क्षेत्रफलमा फैलिएको स्थानियहरु बताएका छन । उक्त मन्दिरमा चैत्र महिनाको चैत्रदशैको दिन मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com