२०७७ माघ १५, बिहीबार

img-responsive

१०:०१:३३

 

मदनकृष्णले भने–चौतारीको पिपलको रुख ढलेको अब त दुई वर्ष भएछ

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस १४, मङ्गलबार,०७:०७:PM  
img-responsive

काठमाडौं, १४ पुस । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा श्रेष्ठको निधन भएको २ वर्ष नौ महिना पुगेकोे छ । स्वर्गिय श्रीमतीको जन्म दिन सम्झिदै आज उनले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । यसोधाको क्यान्सर रोगको कारण लामो समयसम्म उपचार पश्चात निधन भएको थियो । मदनले स्वर्गिय पत्नी यसोधाको जन्म दिनको अवसरमा गीत रकर्ड गराएको जानकारी दिएका छन् ।  

उनले  ‘मेरी श्रीमती बाँचीरहकी भए आज हामी उनको जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ ।’ भन्दै लेखेका छन, ‘संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै  चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी । मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ ।’ 

आजको यो विशेष दिनको अवसरमा मदनकृष्णले आफ्नै आवाजमा “बर ढले पिपल एक्लै, पिपल ढले बर जोढले नि चौतारीको छाती चररर” बोलको गीत रेकर्ड  पनि गराएका छन् । 

उनले चर्चित गीतकार प्रकट पंगेनीको शब्द, छोरा यमन श्रेष्ठको संगीत र आफ्नै स्वरमा गीत रेकर्ड भएको बताएका छन् । मदनले चर्चित गीतकार प्रकट पंगेनीले आफ्नो लागि गीत बनाइदिएकोमा खुशी व्यक्त गर्दै गीत मह संचारको युट्युब च्यानलमा राखेको पनि जानकारी दिएका छन् । 

"मेरी श्रीमती बाँचीरहकी भए आज हामी उन्को जन्मोत्सब मनाईरहेका हुन्थ्यौँ ।
संगै हुँदा हाम्रो जीवन खोला वारी र खोला पारीको बर र पिपल जस्तो हैन कि एउटै  चौतारीमा उभिएर रमाई रहेका बर पिपल जस्तै थियौं । 
दरिलो, भरिलो, रसिलो, हँसिलो र जीवन्त थियो जिन्दगी ।
मेरो त्यो चौतारीको लहलहाउँदो पिपलको रुख ढलेको नि अब त दुई बर्ष नौ महिना भैसकेछ । 
एक दिन पोखराबाट सुप्रसिध्द गीतकार
श्री प्रकट पगेनी शिबजीको फोन आयो र भन्नुभो, मदनकृष्णजी मैले तपाईँलाई नै सम्झेर एउटा गीत लेखेर मेसेन्जरमार्फत पठाई दिएकोछु एक पटक हेर्नुस न है 
गीत पढेँ एकदमै मन पर्यो। छोरी सराना श्रेष्ठलाई पढेर सुनाउँदा उन्ले एकदमै मनपराईन । यमनले त झन तुरुन्त संगीतै भरीदियो ।
हुन त मेरो स्वरले पनि अब त मसंग सोसियल डिस्टाय्न्स मेन्टेन गर्न थालीसकेको छ ।तैपनि पोखरा निबनसी श्री प्रकट पगेनी शिबजीको शब्द, छोरा यमन श्रेष्ठको संगीतमा एउटा यो गीत गाएर महसंचारको यु्ट्यूबमा राखेकोछु । 
मेरा लागि माया र आशिर्बादका महासागर समान दर्शक श्रोताहरुले मेरो नयाँ गीत लाई हेरेर सुनेर मनमनै गुनेर कमेन्ट पनि गरीदिनुहोला ताकि मलाई अझ केहि गर्न जोश र जागर जागोस ।
यो नयाँ गीतको सुन्दर शब्द हुन 
बर ढले पिपल एक्लै, पिपल ढले बर
 जो ढले नि चौतारीको छाती चररर"

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com