२०७७ माघ १५, बिहीबार
११:५६:०४
काठमाण्डौ, पुस १३। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । गएको शुक्रबार र हिजो आइतबार स्थिर रहेको सुनको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु ९४ हजार २०० रहेको छापावाल सुन आज मूल्य बढेपछि प्रतितोला रु ९४ हजार ९०० पुगेको छ। तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज ९४ हजार ४०० मा कारोवार भएको जनाएको छ ।
त्यस्तै चाँदी प्रतितोला रु एक हजार ३१५ मा आज कारोवार भईरहेको छ भने हिजो आइतबार १ हजार २८० मा कारोवार भएको थियो ।