२०७७ माघ १५, बिहीबार
११:५०:४१
एजेन्सी । बलिउड नायक रणवीर कपुर र अभिनेत्री आलिया भट्टबीचको प्रेम र विवाहको वारेमा कुरा बाहिर आइरहेका छन् । तर रणवीरले भने हालसम्म उनीहरुबीच भएको प्रेमबारे मुख खोलेका थिएनन् । उनले आज पहिलो पटक सार्वजनिक रूपमा नायिका आलिया भट्ट आफ्नो प्रेमिका भएको स्वीकारेका छन्।
रणवीरले कोरोना भाइरसको महामारी नआएको भए अहिलेसम्म दुवैको विवाह भइसक्ने बताएका छन् । रणवीरले भने, ‘यदि महामारीले मानव जीवनमा संकट नआएको भए हाम्रो विवाह भइसकेको हुन्थ्यो। हामीले चाँडै नै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछौ।’
एक अन्तर्वार्तामा उनले आलियालाई आफु भन्दा धेरै राम्रो भन्दै भनेका छन्, ‘मेरी प्रेमिका आलिया ओभर एचिभर हुन्। उनले गिटारदेखि लिएर स्क्रिन राइटिङसम्म सम्भवतः हर अनलाइन क्लास लिएकी छन्। उनको अघि म आफूलाई अन्डर एचिभर महसुस गर्छु।’
२०२० मा नै उनका पिता ऋषि कपुरको मृत्यु भएको थियो । उनका पिताको गत ३० अप्रिलमा निधन भएको थियो।