२०७७ माघ १२, साेमबार

img-responsive

१०:१६:०१

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा

गोठालो खबर
सन्तोष पराजुली , २०७७ पुस ११, शनिबार,०९:५७:AM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा

सामान्य ज्ञान /बस्तुगत

१) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारी द्धारा संघिय संसदको प्रतिनिधि सभा कहिले बिघटन गरियो ?

  • वि.सं. २०७७ पौष ५ गते 

२) संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम UNDP ले सन् २०२० डिसेम्बर १६ मा सार्वजनिक गरेको विश्वब्यापी मानव विकास सूचकांक प्रतिबेदन अनुसार नेपाल कतिऔँ स्थानमा पर्दछ ?

  • ०.६०२ अंकका साथ  १४२ औँ स्थानमा, दक्षिण एसियामा सबै भन्दा अगाडी ६२ औँ स्थानमा भुटान छ भने सबै भन्दा अन्तीम १६९ औँ स्थानमा अफगानस्थान रहेकोे छ, 

३) पछिले समयको चर्चित कृति “सम्बन्धहरु” का लेखक को हुन ?

  • विजय कुमार पाण्डे 

४) नेपाल टेलिकमले ७७ वटै विल्लामा 4G सेवा कहिले पुर्यायो ?

  • वि.सं. २०७७ मंसिर १६ मा 

५) एसियन टाउन स्केप अवार्ड बाट हालसालै पुरस्कृत हुने नेपालको स्थानिय तह कुन हो ?

  • मध्यपुर ठिमी नगरपालिका 

६) सरकारले राष्ट्रिय जलस्रोत नीति २०७७ कहिले सार्वजनिक गर्यो ?

  • वि.सं. २०७७ पौष २ मा 

७) विश्वमा सबै भन्दा बढि देश संग सिमाना जोडिएको देश कुन हो ?

  • चिन र रुष (१४ देश संग) 

८) आसियानको ३८ औँ सम्मेलन कहाँ हुने भएको छ ?

  • ब्रुनाई सन् २०२१ मा 

९) वि.सं. २०६८ को जनगणना आुसार नेपालमा सबै भन्दा कम बोलिने भाषा कुन हो ?

  • अरबी ८ जना 

१०) छन्त्याल जातीको मुख्य चाड कुन हो ?

  • लाँगा 

११) धृतराष्ट्रका सय भाई छोरा मध्ये पाण्डबको पक्षमा गइ युद्ध लड्ने को हुन ?

  • युयुत्सु 

१२) प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्दछ ?

  • ३ लाख किलो मिटर 

१३) समुन्द्र भित्रको उच्च पर्वत माला कुन हो ?

  • कर्डिलेरा 

१४) तादि नदीको पौराणीक नाम के हो ?

  • सूर्यवती 

१५) महात्मा गान्धीले प्रथम पटक रंगभेद नीतिका विरुद्ध कहिले सत्याग्रह आन्दोलनको सुरुवात गरेका थिए ?

  • सन् १९०६ मा 

१६) लिच्छवी कालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ?

  • अग्रहार 

१७) नेपाल अङ्ग्रेज विच देउथलको युद्ध कहिले भएको थियो ?

  • वि.सं. १८७२ बैशख २ मा 

१८) विश्वमा सबै भन्दा बढि भाषा बोलिने देश कुन हो ?

  • भारत 

१९) एक नम्बर प्रदेशमा कति वटा हिमाली जिल्ला रहेका छन ?

  • ३ वटा  ( ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु )

२०) भोट र नेपाल विच वि.सं. १८४६ मा भएको सन्धिमा नेपालका तर्फ बाट हस्ताक्षर गर्ने को थिए ?

  • देविद्धत्त थापा 

                            समाप्त    
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com