२०७७ माघ १५, बिहीबार

img-responsive

१०:३१:५२

 

नेपाल लाईफले गर्यो नयाँ बोनसदरको घोषणा 

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस १०, शुक्रबार,०७:०३:PM  
img-responsive

काठमाडौं, १० पुस ।  नेपाल लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर कायम गरेको घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को लागि बीमा समितिबाट बिहीबार स्वीकृत भएको नयाँ बोनसदर आज सार्वजनिक गरेको हो । इन्स्योरेन्सले बीमितिलाई प्रतिवर्ष प्रतिहजार न्युनतम ६२ रुपैयाँ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने जनाएको छ ।


  कम्पनीले अग्रिम भुक्तानि सावधिक बीमालेखका लागि नौलोधन वर्षा–२० वर्ष, छोराछोरी, सदाबहार जीवन, जीवन शान्ति, जीवन उन्नती बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ६५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिको लागि ६५रुपैयाँ प्रति वर्ष प्रति हजार बोनसदर निर्धारण गरेको जनाएको छ । यसरी नै २१ देखि २५ वर्ष अवधिको लागि ७२ रुपैयाँ प्रतिहजार र २६ वर्ष वा सो भन्दामाथिको लागि बीमालेखमा ८२ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

त्यस्तै अग्रिम भुक्तानि (जीवन समृद्धि) योजनामा १५ वर्ष अवधिलाई ६२ रुपैयाँ र २० वर्षको अवधिलाई ६४ रुपैयाँ बोनस दर कायम गरेको छ । 
पाँच वर्ष अवधीको बीमा पोलिसीमा ६२ रुपैयाँ बोनस दर तोकिएको छ । बिक्रि भएको ५ वर्षदेखि १५ वर्षे पोलिसीमा ६५ रुपैयाँबोनस दर बीमा समितिले स्वीकृत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com