२०७७ माघ १५, बिहीबार

img-responsive

११:०५:१९

 

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख ४० हजारले पाए १० कित्ता सेयर

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस १०, शुक्रबार,०६:५३:PM  
img-responsive

काठमाडौं, १० पुस । प्रभु लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर शुक्रबार बाँडफाँड गरेको छ । इन्स्योरेन्सले कम्पनीको सेयर निष्काशन तथा बिक्रिप्रबन्धक सिद्वार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएको आइपिओ बाँडफाँड गरेको जनाएको छ ।

 आईपीओमा १० लाख ४९ हजार ४७ जनाको आबेदनबाट२ करोड ७८ लाख २१  हजार १ सय ६० कित्ता सेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आबेदन परेको कम्पनीले थियो । १० लाख ५१ हजार ११६ जना मध्ये २ हजार १६९ आबेदनबाट प्राप्त भएको ४७ हजार कित्ता सेयर आबेदन रद्द भएको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले गरेको माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार नै न्युनतम १० कित्ताका दरले सेयर बाँडफाँड हुने जनाइएको छ ।  ५ लाख ४० हजार आबेदकले मात्रै न्युनतम १० कित्ता सेयर पाएका छन् । ५ लाख ९ हजार ४७ जनाको हात खाली भएको छ ।  इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसबाट ३ लाख कित्ता अर्थात ५% कर्मचारीहरुलाई, ५% सामुहिक लगानी कोषहरुलाई र बाकी भएको ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासनमा ल्याएको थियो । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com