२०७७ माघ १५, बिहीबार
११:३३:५७
काठमाण्डौ, १० पुष। प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ आज ११ बजे (शुक्रबार) बाँडफाँड हुनेछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाे नक्साल स्थित कार्यालयमा गोलाप्रथा गरी आइपिओ बाँडफाँड हुने भएकाे छ।
कम्पनीको आइपिओमा ५.४२ गुणा आवेदन परेको हुदा सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ। कम्पनीले जारी गरेको ६० लाख कित्ता आइपिओ मध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणलाई बिक्रिका लागी खुल्ला गरिएको थियो तर आईपीओमा १० लाख ८२ हजार आवेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। आइपिओमा माग भन्दा बढी आबेदन परेकोले न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुँदा ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।
जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने बिमा समितीको अनिवार्य प्रावधान छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको हुदा चुक्ता पुँजी २ अर्ब रुपैयाँ पु-याउन ६० अर्ब बराबरको ६० लाख कित्ता आइपिओ निष्काशन गरेको थियो।
प्रभु लाइफ इन्स्योरेन्सलाई क्रेडिट रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ।