२०७७ माघ १५, बिहीबार
११:३०:२१
काठमाडौं,९ पुस । प्रभु बैंकले प्रस्ताव गरेको लाभांश पुस ९ सम्म कायम भएका सेयरधनीहरुलाई मात्र दिने भएको छ । पुस ९ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्र लाभांश पाउने बैंकले जनाएको छ ।
बैंकले यो वर्ष १०% बोनसर ०.५३% नगद लाभांश वितरणको प्रस्ताव गर्ने भएको हो । आगामी साधारण सभा र लाभांशको लागि बैंकले पुस १० गते बुक बन्द गर्ने भएको छ । लाभांश र साधारण सभामा भाग लिनका लागि पुस ९ गतेसम्म सेयर कायम गर्नुपर्नेछ । बैकको १९ औं साधारण सभा भने पुसको २६ गते बोलाएको छ ।
सभाले सर्वसाधारण समुहबाट र लाभांशसहित सस्थापक समुहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्ने पनि बैंकले गर्ने भएको छ । सभाले बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्ने सम्बन्धि सम्प्र्ण अख्तियारी समेत सञ्चालक समितिलाई दिने जनाएको छ ।