२०७७ माघ १५, बिहीबार
१२:०८:३०
काठमाण्डौ, पुष ७। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आउने शुक्रबारभित्र बाँडफाँड हुने तयारी भईरहेको छ। कम्पनीको आइपिओमा ५.४२ गुणा आवेदन परेको हुदा प्रि-अलोटमेन्टको काम सकेर शुक्रबार भित्रै आईपीओ बाँडफाँड गर्ने तयारी छ।
कम्पनीले जारी गरेको ६० लाख कित्ता आइपिओ मध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणलाई बिक्रिका लागी खुल्ला गरिएको थियो तर आईपीओमा १० लाख ८२ हजार आवेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। आइपिओमा माग भन्दा बढी आबेदन परेकोले न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुँदा ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।
प्रभु लाइफ इन्स्योरेन्सलाई क्रेडिट रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ।