२०७७ माघ १२, साेमबार

img-responsive

०९:४४:३९

 

युवकलाई भेट्न नपाएर करीनाले घरको ताला तोडेपछि...

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस ६, साेमबार,०६:०३:PM  
img-responsive

एजेन्सी, ६ पुस । बलिउड अभिनेत्री करीना कपुर हाल गर्भवती अवस्थामा छिन् । उनले दोस्रो सन्तानलाई जन्म दिदैछिन् । बलिउडमा उनले दुई दशक पार गरेकी छिन् । हाल एक अन्र्तर्वातामा करीनाले किशोरवस्थाको कुरा गरेकी छिन् । किशोरावस्थामा भएको उक्त घटनाले उनलाई समय–समयमा झस्काउने गर्छ ।  

करीनाले एक अन्र्तवार्ताको क्रममा आफ्नो पुरानो दिन सम्झेकी हुन्् । उनले किशोरवस्थामा एक केटालाई भेट्ने चक्करमा दुःखमा फसेको बताएकी छिन् । उनले त्यो समयमा दिदी करिश्माले गरे जस्तै गर्न चाहेको पनि बताइन् । दिदी करिश्मालाई साथीसँग घुम्ने अनुमति थियो तर करीनालाई भने उनकी आमाले रोक्ने गर्थिन् । त्यो बेला उनी सानै थिइन् ।

उक्त समयमा करीनालाई एक पुरुष मन परेको थियो । उसलाई भेट्न जान लाग्दा आमाले करीनाको फोन आफ्नो कोठामा लक गरेर राखिदिएकी थिइन् । उनले भनिन्, ‘साथीहरुसँग गएर केटासँग भेट्ने चाहान्थे ।’ करीनाको फोन कोठामा लक गरेर उनकी आमा खाना खान लागिन् । उक्त समयमा करीनाले आमाको कोठाको ताला फोरीदिइन् । फोनबाट साथीहरुसँग योजना बनाएको अनुसार घरबाट भागिन् । उनी घरबाट भागेपछि स्कुलमा आमाले फोन गरेर सबै जानकारी गराएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com