२०७७ माघ १२, साेमबार
११:०५:१२
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुर्वमाओवादी पक्षका ५ जना मन्त्रीले संयुक्तरुपमा राजीनामा दिने तयारी गरेका छन् ।
संसद विघटनको सिफारिसको विरोध गर्दै पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिने तयारी गरिरहेको बताइएको छ । अहिले उनीहरु आन्तरिक छलफलमा व्यस्त छन् ।
राजिनामा दिने मन्त्रीहरुमा उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका स्रोतले जनाएको छ ।