२०७७ माघ ७, बुधबार

img-responsive

११:२४:१७

 

स्कच व्हिस्की किटक्याट अब जापानमा

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस ४, शनिबार,०८:४९:PM  
img-responsive

एजेन्सी । नेस्लेद्वारा उत्पादन भइरहेको किटक्याट क्याडबरीको नयाँ संस्करणको क्याडबरी जापानी बजारमा उत्पादन भएको छ । जापानका लागि किटक्याटले स्कट व्हिस्कीसहितको क्याडवरी निकालेको जनाएको छ ।

व्हिस्की ब्यारेलमा करिब ६ महिनासम्म राखिएको चकलेटबाट कम्पनीले स्कट व्हिस्की किटक्याट निकोलेको जानकारी दिएको छ । उक्त क्याडवरी जाडो याममा मात्र जापानमा अनलाइन मार्फत उपलब्ध हुने र केही पुरानो किटक्याटको आधिकारिक पसलहरुबाट मात्र खरिद गर्न सकिनेछ ।

कम्पनीले नयाँ क्याडवरी बयस्क उमेरको मानिसहरुका लागि विशेष ध्यानमा राखि निर्माण गरेको जनाएको छ  । क्याडबरी हल्का तीतो र रिफइन्ड व्हिस्कीको गन्धको साथै विस्कीको स्वाद पनि महसुस गर्न सकिनेछ । क्याडवरीको मूल्य ३ सय एन कम्पनिले निर्धारण गरेको छ । क्याडवरी जापानका चर्चित सेफ यासुमासा ताकागीको निगरानीमा उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com