२०७७ माघ १२, साेमबार

img-responsive

१०:०२:०८

 

कोरोनाका कारण बन्द भएका मस्जिद तथा मक्तब मदरसाहरु खुल्ने

मस्जिद तथा मक्तब मदरसाहरु पनि सामाजिक दूरी र सुरक्षाका मापदण्ड पुरा गरेर खोल्न आयोगले आग्रह

गोठालो खबर
अब्दुल समाद , २०७७ पुस २, बिहीबार,०९:४४:PM  
img-responsive

काठमाडौ, ०२ पुष। कोरोनाका कारण बन्द भएका मस्जिद तथा मक्तब मदरसाहरु खुला भएका छन् । मुस्लिम समुदायले नियमित रुपमा पढ्ने ५ पटक सम्म पढ्ने गरिन्छ ।  नमाज शुक्रबारका दिन पढिने जुम्माको नमाजमा सामाजिक दूरी कायम गरी पढ्न मुस्लिम आयोगले बिहीबार एक विज्ञप्ति निकाल्दै आग्रह गरेको छ।

अन्य मठ मन्दिर तथा धार्मिक तिर्थस्थालहरु खुलेसँगै मस्जिद तथा मक्तब मदरसाहरु पनि सामाजिक दूरी र सुरक्षाका मापदण्ड पुरा गरेर खोल्न आयोगले आग्रह गरेको छ । आयोगका अध्यक्ष मोहम्मद शमिम मियाँ अन्सारीले काठमाडौंको हकमा नियमित रुपमा ५ पटक पढिने नमाज खुला गरिएपनि धेरै भिड हुने शुक्रबारका दिन पढिने जुम्माको नमाज आ-आफ्नो मस्जिद कमिटीले निर्णय गरी पढ्न आग्रह गरिएको बताए । उनले भने शुक्रबारको नमाजमा धेरै नै भिड हुने भएकाले सावधानी अपनाएर मस्जिद कमिटीलाई आफैं निर्णय गर्न भनिएको छ ।

कोरोना कारण मुस्लिम समुदायले नियमित रुपमा पढ्ने नमाज शुक्रबारका दिन पढिने जुम्माको नमाज, रमजान महिनामा पढ्ने तरावि नमाज़ घरमा नै पढेर सहयोग गर्नुभएकोमा आयोगले मुस्लिम समुदायहरुलाई धन्यवाद ज्ञापन पनि गर्नुभएकोछ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com