२०७७ फागुन १७, साेमबार

img-responsive

०४:४९:५८

 

२०७७ साल "पुष" महिनाको राशिफल

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस २, बिहीबार,०५:३७:PM  
img-responsive

मेष राशिका व्याक्तिहरु लाई सन्तान प्राप्ति, सन्तानको प्रगतिबाट लाभ, छोरा छोरीहरुले गरेको प्रगतिबाट आफूलाई आनन्द मिल्ने, आर्थिक कारोबारमा सहयोग पुग्ने । राजनीतिमा प्रगति, मान बढ्ने समय आएको छ । आफन्तको निधन तथा उनको स्वास्थ्यमाथि आएको गम्भिर समस्याले मनमा अशान्ति हुने योग छ । यसमा आफूभन्दा माथिल्लो उमेरका मान्यजन तथा अग्रजहरु नै पर्ने । यो राशिको १,६,११ तिथि रविबार, माघ नक्षत्र र कार्तिक महिना घातक हुने देखिएको छ ।

वृष राशि हुनेहरुलाई पुष महिनामाअध्ययन अध्यपनमा मध्यम प्रकारको समय चलिरहेको छ । कडा मेहनत नगरेमा असफल हुने योग छ । सिप विकासमा लागेकोहरुले र विशेष गरि यो राशिहुने विद्यार्थीहरुले सफलता हासिल गर्न पहिलेको भन्दा बढि मेहनत गर्नु पर्ने देखिन्छ । अरुको झगडा मिलाउन जाँदा, मुद्दा ममिलामा साक्षी तथा गवैया बन्दा आफैमाथि दोष लाग्ने, आफ्नै नोक्सानी हुने योग छ । होसियार हुनु राम्रो । पुषको १६ गतेबाट फसेको धन उठ्न थाल्ने, व्यापारले राम्रो मुनाफा दिन थाल्ने छ । यो राशिहुनेहरुले धर्य गर्न राम्रो । वृष राशिहुनेहरुका सन्तानको रोकिएको विवाहदान हुने योग रहेको छ। यस महिनाको २७ गतेबाट फेरि राम्रो समचार सुन्न पाइनेछ । साधनबाट लाभ हुने भएकोले सवारीसाधन किस्तामा नै भएपनि खरिद गर्दा राम्रो । ५, १०, १५ तिथि, हस्त नक्षत्र, विहिावार, मंसिर महिना घातक हुने, यिनै कुरोलाई ध्यानमा राखेर काम गर्दा सफलता प्राप्त गर्न सकिने छ ।

मिथुन राशिलाई पुष महिनामा बैदेशिक कार्यमा सफलता मिल्ने, भाइबहिनीहरु संग विवाद हुने । ऋण निकालेर गरेको कार्यमा लाभ, शेयर मार्केट तथा अन्य लगानीमा आमदानी बढ्ने । व्यावसाय गर्दा नयाँ व्यावसायमा हानी हुने तर पुरानै व्यावसायले राम्रो आमदानी गराउने । खानपानमा राम्रो पाचनक्रिया नहुने, ग्याट्रिक हुन सक्ने, खाना खानु पर्दा पच्न सक्ने तथा ध्यान पु¥याएर खाने । आफूले गरेको निर्णयले पछुतोे गराउने भएकोले आमा बुवा वा सासू ससुराको सल्लाह अनुसार काम गर्दा राम्रो । यस राशि हुने जातक जातिका लागि २, ७, १२ तिथि, सोमबार, स्वाती नक्षत्र, पौष महिना घातक हुने योग रहेको छ ।

कर्कट राशिहुनेहरुलाई यो महिना धार्मिक आस्था र विश्वास बढेर जानेछ । स्वदेश तथा विदेशमा रहेका आफ्ना सन्ततीको सहयोग मिल्ने छ । घर जग्गा जोडिने योग रहेको छ । राजनीतितर्फ उथलपुथल हुने योग छ । पार्टी (दल) परिवर्तन गर्न मन लाग्ने छ । बैंक सम्बन्धि कारोवारबाट लाभ हुने । आफन्तबाट सहोग मिल्ने । चिसोको कारणबाट हुने रोगहरुले यस राशिभएकाहरुलाई स्वस्थ्यमा गम्भिर समस्या पार्न सक्ने भएकाले सतर्कता अपनाउनु होला । यस राशि हुनेहरुलाई २, ७, १२ तिथि, बुधवार अनुराधा नक्षत्र र माघ महिना घताक हुने देखिन्छ ।

सिंह राशि हुनेहरुलाई पुष महिनामा सवारी दुर्घटनाको भय रहेकोले यात्रा गर्दा विशेष ध्यान पु¥याउनु होला । नयाँ सवारी साधन किन्दा हानी नोक्सानी गराउने हुँदा नकिन्दा राम्रो । विछोड भएका साथिहरु संग भेट हुने योग रहेको छ । पुनः मित्रता बढ्ने, भलाकुसरी चल्ने योग छ । श्रीमती संग कलह हुने, महिलाको हकमा श्रीमान् संग झगडाहुने योग भएकोले संयमता अपनाउनु होला । अन्यथा आर्थिक क्षति हुन सक्छ । यो महिना सिंह राशिका जातकहरुलाई टाउको दुख्ने योग भएकोले सरसफाईमा ध्यान दिएर आईतबारको ब्रत गर्ने गर्दा यस बाट मुक्ति मिल्ने छ । यो राशिभएका हरुलाई ३, ८, १३ तिथि, शनिबार मूल नक्षत्र, फागुन महिना घातक रहेको छ ।

कन्या राशिलाई पुष महिनाबाट शनीको दशा सकिएको छ । शत्रु माथि विजय प्राप्त हुनेछ । पुष महिनाभर जग्गा र मोटर गाडिको बेचबिखानमा लाभ हुदैन । यो राशिका लागि यो महिना राम्रो कुरामा नाम चल्ने महिना छ । प्रेममा परेको प्रेमिहरुको लागि उत्तम समय छ । यो राशिका जोडिहरुको विचमा खुशिको संवाद हुने र प्रेम सुमधुर हुने योग रहेको छ । बिबाहको योग रहेको छ । साथिहरुबाट आर्थिक सहयोग जुट्ने छ । जागिर तथा व्यावसाय शुरुहुने योग रहेको छ । ज्ञान गुन र समाजसेवामा मन जानुको साथै प्रशस्त लाभ पनि मिल्ने छ । ५, १०, १५ तिथि, शनिबार, श्रावण नक्षत्र, चैत्र महिना घातक हुने छ । यो राशिलाई माङ्गलिक योग भएको हुनाले आर्थिक कार्य गर्दा यसलाई छलेर गर्नु होला ।

तुला राशिलाई पुष महिनामा बोलीको कदर हुने छ । नातागोताको सेवा गर्ने समय आएको छ । शनि दशा चलिरहेकोे हुँदा व्यापारमा भने मन्दि आउने छ । जागिरमा बढिसमयको खटाइ हुने, सेवामुलक कार्यमा खर्चहुने छ । सन्तानबाट सुख मिल्ने छ । यात्राको योग छ । ४, ९, १४ तिथि, गुरु बार, शतभिष नक्षत्र, बैशाख महिना यो राशिको लागि हानिकारक हुने छ ।

बृश्चिक राशिहुनेहरुलाई पुष महिनाको पूर्वाधमा काम नबने पनि उत्तरार्धमा आर्थिक लाभका कामहरु बन्ने छन् । भाइ बहिनी तथा साथिभइहरु बाट प्रशस्त सहयोग मिल्ने छ । यो राशिका व्याक्तिहरुलाई मानिसहरुले टुना मुना गर्ने, शत्रु लाग्ने भएकोले दुर्गा भगवतीको उपसना गर्दा यसबाट मुक्ति मिल्छ । द्यातु, फलाम, सुन, चाँदीको कारोबारमा लाभ हुने समय छ । यस महिनाको पहिलो साताबाट दशा सकिएर मुक्ति पाईने छ । १, ६, ११ तिथि, शुत्रबार, रेवती नक्षत्र, ज्येष्ठ महिना घतक रहेको छ ।

धनु राशिकाहरुलाई पुष महिनामा पुरानो संरचना विग्रेकोले जीर्णोद्धार गर्नु पर्ने र यसको कारणले समस्या उत्पन्न हुने, खर्च बढ्ने छ। यस्ता समस्याहरुको कारण दुखित तुल्याउने छ। यो राशिहुनेहरुलाई राहुको दशा चलेको कारण आफूलाई घमण्ड बढ्ने, संचित धनको क्षति हुने छ । आफन्त टाढिने बालबच्चाको पढाई सोचेअनुरुप नहुने । विचौलिया र दलालको फन्दामा पर्ने योग रहेको छ । ढाड तथा वाथको रोगको शिकार हुनुपर्ने छ । कानुनी उपचार, मुद्दामामिला र न्याय निशाफमा माथि पर्ने र विजय हासिल भईने छ । अरुको धनमा विशेष अभिलाषी भईने छ । ३, ८, १३ तिथि, शुक्रबार, भरणी नक्षत्र, असार महिना हानी हुन सक्छ ।

मकर राशिलाई यो बर्षको पुष महिना व्यापार व्यावसायमा लाभ (वृद्धि) हुनेछ । सधा भन्दा बढि अनुशासित हुनु पर्ने छ । यो महिना अंश नपाएकाहरुले अंश पाउने योग रहेको छ । मिलेर पार्टनरशिपमा काम गरेकाहरुले यहि महिना उपलब्धिको हात लाग्ने छ । ४, ९, १४ तिथि, मंगलबार, रोहिणी नक्षत्र र श्रावण महिना अशुभ रहेको छ । मकर राशिहुनेहरुका सन्तान अटेरी र आफ्ना कुरा नमान्दा उनिहरुले दुःख पाउने छन् । यहि कारण मात-पिताहरुलाई खिन्नता लाग्नेछ । सन्तानलाई आज्ञाकारी बनाउन प्रयास गर्नु पर्ने हुन्छ ।

कुभ्भ राशिहुनेहरुलाई पुष महिनामा सन्तान बाट सुख मिल्ने छ । यो राशिहुनेहरुलाई सामाजिक प्रतिष्ठामा बृद्धि हुने योग छ । लामो यात्रा हुन सक्छ तर लामो यात्रामा जाने अवसर मिले पनि नजानू नै लाभहुने देखिएको छ । तपाईको बासस्थानमा कुनै पशुपञ्छी वा जीवले वास गर्ने छ । आकस्मिक लाभको योग रहेको छ । कुम्भ राशिहुनेहरुका लागि ३,८,१३ तिथि, विहिबार, आद्र नक्षत्र, भाद्र महिना, घाटक हुनेछ ।

मीन राशिका लागि पुष महिना घर जग्गामा लाभ हुनेछ । साथिको सहयोगको कारण व्यापार व्यावसायमा समस्या भएको खण्डमा समाधान हुने योग छ । जागिरमा स्थान परिवर्तन हुनेछ । राजनीतितर्फ अग्रसरता बढेर जानेछ । यो महिना मीन राशिका लागि लक्ष्मी योग रहेको छ । नयाँ कामको लागि शुभ हुनेछ । यो महिना मीनको भाग्य चम्किने छ । पाहुँना तथा आफन्तहरुको सत्कार गर्ने अवसर प्राप्त हुनेछ । दाँत तथा मृगौला सम्बन्धि रोगीहरुले उपचारमा ध्यान दिनु होला । नत्र जटिलहुन सक्छ । ५,१०,१५ तिथि, शुत्रबार, अश्लेषा नक्षत्र, असोज महिना यो राशिकाहरुलाई घातक हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com