२०७७ माघ ७, बुधबार
१०:४१:५६
एजेन्सी । पाकिस्तानमा हालै एक महिलामाथि सामूहिक बलात्कार भएको छ । महिलामाथि सामूहिक बलात्कार भएपछि न्यायका लागि प्रर्दशन भएको होे । उक्त प्रर्दशनपछि पाकिस्तान सरकारले बलात्कारीका लागी नयाँ कानुनको पनि व्यवस्था लागु गर्ने भएको छ ।
पाकिस्तान सरकारले नयाँ विशेष न्यायलयको व्यवस्था गरेको छ । न्यायलयले कुनै पनि बलात्कारको मुद्दालाई चार महिना भित्र नै समाधान गरी फैसला सुनाउने भएको छ । सजाय हुने व्यक्तिका लागि छुट्टै कारागाारको व्यवस्था गरिएको छ भने ६ घण्टा भित्र स्वास्थ्य परिक्षण गराइने साथै केस दर्ता तरुन्तै गराइने व्यवस्था लागु भएको हो । विशेष न्यायालय पाकिस्तानको प्रत्येक राज्यमा स्थापना हुने भएको छ ।
महिला तथा बालबालिका हिंसाविरुद्व सम्पूर्ण मुद्दा त्यस न्यायलयले हेर्ने भएको छ । बलात्कारीका लागि मृत्यु दण्ड वा रसायनिक क्यास्ट्रेशनको व्यवस्था गर्ने भएको छ । यस नियम प्रति महिला अधिकारवादीहरु निकै खुशी भएका छन् ।