२०७७ माघ ७, बुधबार

img-responsive

१०:०८:४७

 

आदेश अटेर गरेको भन्दै सूचना आयोगले तोक्यो त्रिवि शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना 

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर ३०, मङ्गलबार,०१:०४:AM  
img-responsive

काठमाडौ, ३० मंसीर । राष्ट्रिय सूचना आयोगले आदेश अटेर गरेको भन्दै त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख –शिक्षाध्यक्ष) लाई पाँच हजार जरिवाना हुने फैसला गरेको छ । गत मंसीर २५ गते आयोगले गरेको फैसलामा आयोगको पटक पटकको आदेशलाई पूर्णतः वेवास्ता गरी पालना नगरेको र आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार रहेको उल्लेख गरिएको छ । हाल त्रिविको शिक्षाध्यक्षमा प्रा.डा. शिवलाल भुषाल रहेका छन् । 

सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा २८ बमोजिम आयोगले शिक्षाध्यक्षको कार्यालयलाई सूचनाको संरक्षण गर्न गत वर्ष चैत्र ६ गते आदेश दिएको थियो । पुनरावेदक आशिष पौडेल रहेको मुद्धामा आयोगले त्रिवि विज्ञान प्रविधि अध्ययन संस्थान अन्तरगतको भौतिकशास्त्र केन्द्रीय विभागको क्वान्टम मेकानिक्स विषयको उत्तरपुस्तिका लगायत २०७५ पौष ९ गते भएको परीक्षासंग सम्बन्धित सम्पूर्ण कागजातहरु अर्को आदेश नभएसम्म संरक्षण गरी राख्ने आदेश दिएको थियो । सो आदेशको पालना नगरी सर्वोच्च अदालतमा परेको मुद्धाको जवाफ अदालतमा पेश गर्ने क्रममा कागजात धुल्याईएको लिखित जानकारी दिएको भेटिएपछि सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२(५) बमोजिम आयोगले जरिवाना गर्ने फैसला गरेको हो । राष्ट्रिय सूचना आयोगले गरेको आदेश र फैसला सम्पूर्ण सार्बजनिक निकायहरुले पालना गर्नु कर्तव्य हुने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ ।

आयोगले पटक पटक गरेको चेतावनीयुक्त आदेशको समेत वेवास्ता गरेको ठहरसहित उक्त जरिवाना गर्ने फैसला गरेको फैसला पत्रमा उल्लेख गरिएको छ । आयोगको फैसलाउपर चित्त नबुझेमा फैसला प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न पाइने कानुनी व्यवस्था रहेको छ भने जरिवाना गरिएको रकम असुलउपर गर्न काठमाडौ जिल्ला प्रशासन कार्यालयलाई लेखी पठाउने व्यवस्था पनि फैसलामा उल्लेख गरिएको छ ।

पूरा आदेश पढ्न यहाँ डाउनलोड गर्नुहोस् । 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com