२०७७ माघ १५, बिहीबार

img-responsive

११:३३:२७

 

भोजपुरमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ३९औं शाखा उद्घाटन सम्पन्न

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर २९, साेमबार,११:१४:PM  
img-responsive

भोजपुर, २९ मंसिर। आज भोजपुरको सदरमुकाम भोजपुरमा एक कार्यक्रको बिच एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ३९औं शाखा उद्घाटन भएको छ । शाखा कार्यालयको उद्घाटन भोजपुर नगरपालिका का मेयर कैलाश आले मगरले गर्नु भएको थियो । उद्घाटन कार्यक्रका सभापतित्व एशियन लाईफ इन्स्योरेन्स कम्पनी, भोजपुर शाखाका शाखा प्रमुख राजन राईले गर्नु भएको थियो भने प्रमुख अतिथिमा भोजपुर नगरपालीका का मेयर कैलाश आले मगर रहनुभएको थियो । त्यसै गरि उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी, बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी रहनु भएको थियो । 

उद्घाटन कार्यक्रममा भोजपुर नगरपालिका का मेयर कैलाश आले मगर, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, विराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डरी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, भोजपुर शाखाको शाखा प्रमुख राजन राई, बैङ्कको तर्फबात रविन श्रेष्ठ र भोजपुर क्याम्पसका सह प्रध्यापक इन्द्रदेव राईले क्रमशः मन्तव्य राख्नु भएको थियो । कार्यक्रको उद्घोषण राजकुमार बस्नेतले गर्नु भएको थियो।

आफ्नो भनाई राख्दै भोजपुर नगरपालिका का मेयर कैलाश आले मगरले बीमा सम्बन्धी जनचेतना अझै नागरिकहरु विच पुगिनसकेको र बीमा र यसको महत्व दूरदराज सम्म पु¥याउन आग्रह समेत गर्नु भयो । बीमा व्यवसायमा विकृति पनि मौलाएको भन्दै बीमा गराउन हरतरहले लाग्ने तर बीमा गरिसके पछि बीमा कम्पनीहरुले सोचे अनुरुप सेवा दिन नसकेकोमा दुखेसो समेत गर्नु भयो । नेपालमा बीमा अपरिहार्य भएको, अझ भोजपुर जस्तो ठाउँमा बीमाको जनचेतना बढाउनु पर्ने र यस व्यावसायमा रहेको बिकृतिलाई हटाउदै जनतालाई बीमा बाट पाउनु पर्ने सेवा सुविधाहरु नियमअनुसार सहज र सरल तरिकाले उपलब्ध गराउन पर्ने भानई राख्नु भयो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा भोजपुरमा उद्घाटन गर्न पाउदा आफूलाई खुशी लागेको र बीमा व्यावसायमा एशियन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख राजन राई अब्बल रहेको भन्दै प्रशंसा समेत गर्नु भयो ।

त्यसै गरि मन्तव्यकै क्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले आफ्नो नेतृत्वमा भोजपुर जिल्लालाई शाखा स्थापनाको लागि पहलकदमी गर्ने मौका मिलेकोमा खुसी लागेको बताउनु भयो । आफ्नो मातहतमा यस जिल्लामा उप-शाखा संचालन गर्दा बिराटनगर शाखाले जे जति सहयोग गरेको थियो, भविष्यमा समेत भोजपुरलाई सहयोगको अभाव महशुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले यस कम्पनीमा कार्यको शुरुवात गरे संगै एशियन लाईफ इन्स्योरेन्सका बिमितहरुलाई छिटो छरितो र सरल ढङ्गले सेवा उपलब्ध गराएको र आगमी दिनमा समेत यसले निरन्तरता पाउनेमा विश्वास दिलाउनु भयो । साथै मृत्यु दावी भुक्तानी तथा क्षतिपुर्ति समेत घरदैलोमै पु¥याएको आफ्नो अनुभव सुनाउनु भयो । शुभकामना दिदै विगतमा झै आगामी दिनमा पनि  भोजपुर शाखाले बीमा कम्पनीहरुमाझ प्रतिस्पर्धामा खरो उत्रिएर यस शाखाले नै सफलता हासिल गर्नेमा आफू ढुक्क रहेको विश्वास व्यक्त गर्नु भयो ।

आफ्नो भनाई राख्ने क्रममा उद्घाटन कार्यक्रमका सभापति तथा एशियन लाईफ इन्स्योरेन्स कम्पनी, भोजपुर शाखाका कार्यालय प्रमुख राजन राईले यो स्थान सम्म ल्याई पु¥याउनमा तत्कालिन भोजपुर उप-शाखा अन्तर्गतका अभिकर्ताहरु, बिराटनगर शाखाका सबै टिम, आफ्ना कर्मचारीहरु, विभिन्न महानुभावहरुको अतुलनीय सहयोग र यस कम्पनीका मुख्य कार्यालयको मायाँ, हौसला र प्रेणाका कारण यो संभव भएको बताउनु भयो । सबैको सहयोगका कारण आफू यस कम्पनीका उप-शाखाहरु मध्य आ.ब. २०७६/०७७ मा सबै भन्दा बढि रु. ३ करोड ५० लाख प्रिमियम संकलन गरि प्रथम बनेर भोजपुरमा एशियन लाईफ इन्स्योरेन्सको शाखा स्थापना गर्न संभव भएको बताउनु भयो ।

शाखा प्रमुख राजन राईले बीमाको महत्व माथि प्रकाश पार्दै नेपाल जस्तो निम्न बर्गीय र मध्यम बर्गीय नागरिकहरुको लागि बीमा एक साहारा र भरपर्दो सहयोगी बन्ने सक्ने बताउनु भयो । आगामी दिनमा समेत बीमालाई नितान्त व्यावसायको रुपमा नहेरी यस क्षेत्रलाई सेवा दिने संस्थाको रुपमा परिचित गराउन लागि पर्ने विचार व्याक्त गर्नु भयो । बीमा क्षेत्रमा बिकृति पनि भित्रन थालेकोले त्यसको विरुद्ध डटेर लाग्ने, बीमा नागरिको भरपर्दो सहयोगि हो भन्ने स्थापित गर्ने, सरल र सहज तवरले बिमितहरुलाई घर दैलोमै सेवा दिएर उनिहरुको सुरक्षा दिने दृढता व्यक्त गर्नु भयो । उहाँले बीमा केवल अनिवार्य बचत र जोखिम न्यूनिकरण मात्र नभएर यो बुढेसकालको साहारा, बाल बच्चाको उच्च शिक्षामा सहयोगी, आश्रित परिवारको भलाई, आवश्यक परेको खण्डमा सरल ऋण उपलब्ध गराउने साथै बिमितको मृत्यु भईहालेमा ठुलै सहयोग नभए पनि परिवारको आँशु पुछ्ने सारथिको रुपमा बीमाले भूमिका निर्वाह गर्ने बताउनु भयो । बीमाको यसै महत्वलाई जनस्तर सम्म पु¥याउने र बीमा व्यबसायलाई भोजपुरमा अझ तिब्र ढंगले बजार विस्तार गर्ने बताउनु भयो । बीमाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा शिक्षित र क्षमतावान् व्यक्तिहरुलाई रोजगारी समेत सृजना गरेको बताउनु भयो ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बालबालिकाहरुको लागि बाल उमंग र बाल भविष्य सहित गरेर जम्म २२ वटा योजनाहरु बजारमा ल्याएको जनाएको छ । यस कम्पनीले राईडरको रुपमा एच्छिक रहनेगरि १८ प्रकारको रोग लागेको खण्डमा समेत जोखिम बहन गर्ने, बीमा म्याचुरिटी पश्चात सबै बोनस र सावाँ फिर्ता गरे पश्चात पनि बीमाङ्क रकम बराबरकै रकम राखिने, भर्खरै बजारमा ल्याएको योजनामा सामान्य मृत्युमा समेत बिमाङ्क रकमको दोब्बर क्षतिपुर्तिको सुविधा रहेको र दुर्घटना बाट मृत्यु भएमा बिमाङ्क रकमको तेब्बर समेत क्षतिपुर्ति दिने कम्पनीले जनाएको छ । यस कम्पनीले पहिलो चौमासिकमा २३ अर्ब लाईफ फण्ड संकलन गरिसकेको छ। यस कम्पनीले देशभर १३९ वटा भन्दा बढी शाखा उपशाखाहरु मार्फत आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ। 

 

 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com