२०७७ माघ १२, साेमबार

img-responsive

१०:५१:३९

 

एशियन लाईफ इन्स्योरेन्स द्वारा बीमा दाबी भुक्तानी 

एशियन लाईफ इन्स्योरेन्स द्वारा बीमा दाबी भुक्तानी 

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर २६, शुक्रबार,०४:५०:PM  
img-responsive

सुशान्त, सुर्खेत 

सुर्खेत, २६ मंसिर। एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले मृत्युदाबी (मासिक शिक्षा खर्च) रकम भुक्तानी गरेको छ। कम्पनीको सुर्खेत शाखाले सिम्ता - १ सुन्तोला निबासी धोज बहादुर रानाको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो।

कम्पनीको सुर्खेत शाखाले घर दैलोमै एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती अमृता रानालाइ ५ महिनाको मासिक सुबिधा बापत रु २५०५० को चेक सिम्ता गा.पा. का अध्यक्ष कबिन्द्र कुमार केसीले हस्तान्तरण गर्नु भएको थियो। मृतक धोज बहादुर रानाले आफू प्रस्तावक बसी छोरा टेकेन्द्र रानाको २ बर्ष अघि ५ लाख १ हजार बीमाङ्कको बाल भबिष्य जीवन बिमा गराउनु भएको थियो। प्रस्तावक धोज बहादुर रानाको रोजगारीको शिलशिलामा भारतको महाराष्ट्रमा गत असार ५ गते मृत्यु भएको थियो। प्रस्तावक को मृत्यु भएपछि एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले बिमित टेकेन्द्र रानालाई १६ बर्ष नपुग्दासम्म मासिक रु ५०५० का दरले प्रत्येक महिना शिक्षा खर्च प्रदान गर्ने भएको छ भने बार्षिक रूपमा तिर्नुपर्ने किस्ता रु. ३३९४४ बिमित १६ बर्ष नपुग्दा सम्म छुट गरेको छ। नाबालक टेकेन्द्र रानाले छोरोको बीमा अभिकर्ता चित्र बहादुर खत्री मार्फत गरेका थिए।

कार्यक्रममा गा.पा. अध्यक्ष कबिन्द्र कुमार केसीले आफ्नो मन्तव्य राख्दै मान्छे जन्मेकै दिन देखि जोखिम शुरु हुने हुँदा सुरक्षा र बचतका लागि जीवन बिमा अनिवार्य रहेकोे बताउनु भएको थियो। शिक्षक प्रतिनिधि कृष्ण बहादुर भण्डारी र वडा अध्यक्ष मानसिं कामीले पनि मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा कम्पनीको सुर्खेत शाखा अन्तर्गतको रकम  उपशाखाका इन्चार्ज ओम बहादुर बुढाले जीवन बीमाका बारेमा धेरै कुरा बुझाउँदै बिमाको पहुँच बिस्तार गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको थियो।

कार्यक्रममा मृतकका परिवार, आफन्तजनहरु, कम्पनीका बिजनेस म्यानेजर बिक्रम हमाल, अभिकर्ता गोबिन्द बि.क., वडा सदस्य लोक बहादुर शाही, बनअध्यक्ष टिके खत्री, पुर्व गा.बि.स. अध्यक्ष पृथ्वी बहादुर खत्री लगायत सबै गाउँलेहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन शिक्षक एवं समाजसेवी इन्द्र बहादुर रानाले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com