२०७७ माघ ७, बुधबार
०९:५६:१९
एजेन्सी, २३ मंसिर । आज लन्डनमा कोरोना भाइरस विरुद्धको खोप ९० वर्षीया बृद्धाले लगाएकी छिन् । स्थानिय समय अनुसार ६ बजेर ३१ मिनेटमा फाइजर बायोएनटेकले निर्माण गरेको खोप बृद्धलाई दिइएको एजेन्सीले जनाएको छ ।
आज उनको ९१ औं जन्म दिन हो । जन्मदिनको अवसर पारेर खोप उपहार भएको उनले बताएकी छिन् । यो महिनामा लन्डनमा ८० वर्ष भन्दा माथिका र स्वास्थ्यकर्मीहरु ४० लाखलाई खोप दिने जनाइएको छ । लन्डनले खोपको लागि फाइजरसँग ४ करोडमा सहमति गरेको छ ।