२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:३३:२७

 

प्राकृतिक सम्पदाको संरक्षणमा जुट्दै ‘पौवादुङमा गाउँपालिका’

img-responsive
गोठालो खबर २०७७ असार २४, बुधबार,१२:३६:AM  
img-responsive

वाई राज विष्ट
भोजपुर, २३ असार । 
भोजपुरको पौवादुङमा गाउँपालिका पर्यटकिय क्षेत्रको विकाससंगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । 
गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, दोश्रो हलेसी भनेर चिनिने सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडा लगाएत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो ।  

गाउँपालिकाले दुङमाली भाषा संरक्षरण केन्द्र भवनको निर्माण गरिरहेको छ, भने सन्तानेश्वर महादेव मन्दिरको पनि संरक्षणको काम भइरहेको छ । त्यस्तै च्याङग्रे पोखरी र पर्यटकिय क्षेत्र अरुण डाँडाको डीपिआर तयार गरेर प्रदेश १ सरकारसंगको सहकार्यमा काम भइरहेको गाउँपालिकाको भनाइ छ  ।
गाउँपालिका केन्द्र नजिकै रहेको कोटगढीको संरक्षणको लागि श्रमदान सहित  ५० लाख  लागतमा बाटो निर्माणको काम सम्पन्न गरेको छ, भने आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । गाउँपालिकाको ऐतिहासिक महत्व बोकेको ऐतिहासिक गढी रहेकोले संरक्षण तथा विकासमा ध्यान दिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । 
अध्यक्ष राईले भने,‘ गाउँपालिकालाई आर्थिक रुपमा विकास गर्नको लागि अन्य क्षेत्रसंगै पर्यटकिय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रुपमा लागेका छौ, गाउँपालिकाका मुख्य पर्यटकिय क्षेत्रहरुको विकासका लागि डीपिआर तयार गरेर  गाउँपालिका तथा प्रदेश सरकारसंग पनि सहकार्य गरेर काम अगाडी बढाएका छौ ।’
त्यस्तै गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका अन्य विभिन्न पर्यटकिय क्षेत्रको विकासका लागि पनि योजना अगाडी बढाएको जनाएको छ । भावीयोजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, गुफानागी, दिर्गे डाँडा, दिदी बहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरा लगाएत पर्यटकिय क्षेत्रको विकास तथा संरक्षणको लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । 
उपाध्यक्ष राईले भनिन्,‘हामीले भौतिक निर्माणसंगै कृषि र पर्यटन क्षेत्रमा विषेश प्राथमिकता दिएका छौ, अहिले गाउँपालिकामा रहेका विभिन्न पर्यटकिय र धार्मिक तथा पर्यटकिय स्थान पहिचान गरेर विकासमा लागि परेका छौ, यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पु¥याउने हामीले लक्ष्य लिएका छौ ।’
गाउँपालिकाले पर्यटनको क्षेत्रमा गरिरहेको विभिन्न खाले योजनाले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने स्थानीयले बताउने गरेका छन् । स्थानीय ज्ञानेन्द्र राईले भने,‘ गाउँपालिकाले पर्यटकिय क्षेत्रको विकासमा गरिरहेका काम निकै राम्रो छ, यसरी गाउँपालिकाका पर्यटकिय र धार्मिक क्षेत्रको पहिचान गरेर विकासको थालनी गर्दा हामीलाई निकै खुसी लागेको छ, यसले आर्थिक विकाससंगै  ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com