२०७७ माघ ७, बुधबार
१०:३९:५९
सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले माउन्टेन इनर्जीको आइपिओ भोली बुधबार बाँडफाँड हुने जनाएको छ। मागभन्दा ७. ६१ गुणा बढी आवेदन परेको कम्पनीको आइपिओ भोली १० बजे बाँडफाँड हुनेछ।कम्पनीले आइतबार प्रि-अलटमेन्टको काम सकिसकेको छ।
कम्पनीले १८ लाख ३० हजार २६५ कित्ता को लागि मात्र आइपिओ जारी गरेकोमा शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन गरेका थिए।
कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको सय रुपैयाँ अंकित १९ लाख ६८ हजार २७ कित्ता आइपिओ निष्कासन गरेको थिय। कम्पनीले ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको थियो। बाकि रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको थियो।
केयर रेटिङ नेपालले कम्पनीको आइपिओ लाई ‘ग्रेड ४’ रेटिङ दिएको छ। ग्रेड ४ रेटिंगको अर्थ औषत भन्दा कमजोर भन्ने हुन्छ।