२०७७ माघ ७, बुधबार

img-responsive

०९:३०:२७

 

काठमाण्डौ महानगरपालिका र रामग्राम नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना

काठमाण्डौ महानगरपालिका र रामग्राम नगरपालिकाबिच बगिनी सम्बन्ध स्थापना

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर १५, साेमबार,०९:२१:PM  
img-responsive

गौरीशंकर जयसवाल

परासी, १५ मंसिर। नवलपरासीको रामग्राम नगरपालिका र काठमाण्डौ महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । दुबै स्थानिय तहबिच एक भव्य समारोह बिच २१ बुँदे सम्झौतामा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना भएको हो । दुबै स्थानिय तहले गरेको सहमति अनुसार २१ बुँदे सम्झौता पत्रमा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता र काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हस्ताक्षर गरि उक्त सम्झौता पत्र एक अर्कालाई हस्तान्त्रण गरि भगिनी सम्बन्ध स्थापना गरेका हुन् ।

भगिनी सम्बन्ध स्थापना सम्बन्धी हप्ताक्षर समारोहमा रामग्राम नगरभित्रका धार्मिक स्थल तथा सम्पदा धरोहर एवं पर्यावरणलाई संरक्षण, प्रवर्धनमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त २१ बुँदे सम्झौतामा दुबै पालिकाले आ–आफनो अनुभव आदान प्रदान गर्ने, नगरको विकासमा सहकार्य गरेर अगाडी बढने उल्लेख गरिएको छ । दुबै पालिकाले यस सम्बन्धलाई अझै प्रगाढ बनाउन आवश्यक सल्लाह सुझाव र सहकार्य गरेर अगाडी बढने विश्वास लिइएको छ । यसै अन्तर्गत काठमाण्डौ महानगरपालिकाले शान्तीका अग्रदुत गौतम बुद्धको मावली रामग्राम नगरपालिका १८ पण्डितपुरमा कोलिय शान्ती उद्यान पनि बनाउने सहमति भएको छ ।

समारोहमा महानगरपालिकाले उक्त कोलिय शान्ती उद्यान निर्माणका लागि रामग्राम नगरपालिकाकालाई १ करोड ५० लाख रुपैया सहयोग गर्न सम्झौता गरिएको छ ।समारोहमा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता र काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले यस दुबै तहबिचको एतिहासिक भगिनी सम्बन्धलाई अझै मजबुद बनाउन आगामीका दिनमा दुबै तहबिच विभिन्न आवश्यक क्षेत्रमा सहकार्य गरेर अगाडी बढने भन्दै नगरको पर्यावरण, एतिहासिक तथा पुरातात्विक धार्मिक स्थल, नगरको विकास, सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा सहकार्य गर्दै जाने बताए ।

समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका उप प्रमुख हरिप्रभा खडकी, रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुँवर, काठमाण्डौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली, रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी लगायतले यस भगिनी सम्बन्ध स्थापनाले दुबै तहबिच बिच सहकार्य हुने र आवश्यक सहयोग आदान प्रदान हुने विश्वास व्यक्त गरे । समारोहमा काठमाण्डौ महानगर पालिका वडा अध्यक्ष, कार्यपालिका सदस्य, रामग्राम नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र दुबै पालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

रामग्राम नगरपालिकाको निम्तोलाई स्वीकार गरि रामग्राम नगरपािलका आउनु भएका काठमाण्डौ नगरपािलका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीलाई रामग्राम नगरपालिकाले शान्तीका अग्रदुत गौतम बुद्धको मावली पण्डितपुर, गौतमबुद्धको अष्टिधातु रहेको रामग्राम स्तुप र त्रिवेणी धामसमेत भ्रमण अवलोकन गराएको थियो । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com