२०७७ माघ ७, बुधबार
०९:५८:३६
रौतहट, १५ मंसिर । रौतहटको माधवनारायण नगरपालिकामा दलित समुदायका एक व्यक्तिको शव सोमवार विहान फेला परेको छ ।
माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुर र वडा नम्वर ५ मिठुअवा गाउँको विचमा स्थित बाँसघारीमा आज विहान ४५ वर्षिय पुरुषको शव देखेपछि प्रहरीलाई स्थानीयले खवर गरे । नाच प्रोग्राममा काम गर्ने माधवनारायण ५ मिठुअवाका दलित समुदायका ४५ वर्षिय दशै राम चमारको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको र कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने संभावना रहेको प्रहरीको अनुमान गरेको रौतहट प्रहरीका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । जानकारी पाउना साथ घटनास्थललाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिदै एसपी शाहले मृतक चमारको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा पठाइएको छ । अनुसन्धान जारी रहेको उनले बताए ।