२०७७ माघ ४, आइतबार

img-responsive

०६:०९:४५

 

पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी गर्ने २ जना पक्राउ

पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी गर्ने २ जना पक्राउ

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर १५, साेमबार,०६:२१:PM  
img-responsive

काठमाडौं, १५ मंसिर । पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको अभियोगमा २ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन चोरी तस्करी गरी ठगी गरेको अभियोगमा काठमाडौं महाराजगंजबाट २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बारा जितपुर सिमराका ३५ वर्षीय अजय लामा र सोही ठाउँ बस्ने २८ वर्षीय  बिकेश लामा रहेका छन् ।

मङ्सिर ३ गते ईण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आएका ना.७ ख २९९५ र ना.७ ख ३६९६ नम्बरको टैंकरमा फल्स चेम्बर बनाई ईन्धन चोरी तस्करी गरी ठगी गरेको जानकारी प्राप्त भए पश्चात् उक्त टैंकरका चालकहरू अजय र बिकेशलाई पक्राउ गरेको बताएको छ ।

 पेट्रोल टैंकरमा फल्स चेम्बर बनाई इन्धन लुकाई भारत लगि बेच्ने र आयल निगमलाई हानी नोक्सानी पु¥याई ठगी गर्ने कार्यको अनुसन्धान प्रकृया अगाडि बढाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com