२०७७ माघ ७, बुधबार
०९:२३:४८
गौरीशंकर जयसवाल, रामग्राम, परासी
नवलपरासी, १४ मंसिर। पहेँलो सुकेको केराउ (मटर) लाई कृत्रिम रङ्गमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा पश्चिम नवलपरासीमा एक मिष्ठान भण्डारका संचालक थुनामा परेका छन । पहेँलो सुकेको केराउ (मटर) लाई कृत्रिम रङ्गमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा सदरमुकाम परासीस्थित ऋिद्धिसिद्धि मिष्ठान भण्डारका सञ्चालक विजयकुमार गुप्तालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
व्यापारीले दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा पुर्पक्षको लागि अभियुक्तलाई थुनामा राखेको जिल्ला अदालतले जानएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गत वर्षको भदौ ३१ गते बजार अनुगमनको क्रममा पहेँलो केराउलाई कृत्रिम रङ्गमा भिजाएर हरियो बनाई बिक्री गरिरहेको अवस्थामा फेला पारेपछि कारवाहीका लागि नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मिष्ठान भण्डारबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा खाद्यपदार्थको मापदण्ड विपरीत रहेको पुष्टि भएपछि दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ । जिल्ला न्यायधिश चन्द्रकान्त पौडेलको ईजलासले प्रतिवादी गुप्तालाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको र कारागार चलान समेत गरिएको नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत तीर्थराज शर्माले बताए ।
उक्त मिष्ठान भण्डारबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा खाद्य पदार्थको मापदण्ड विपरीत रहेको पुष्टि भएपछि दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ ।
कार्यालयका खाद्य निरीक्षक श्रवण ढुङ्गानाको प्रतिवेदनको आधारमा यही भदौ १५ गते दायर गरिएको मुद्दामा खाद्य ऐन २०२३ को दफा ३ विपरित गरेको देखिएको भन्दै सोही ऐनको दफा ५(१) बमोजिमको सजाय तथा दफा ४१ बमोजिमको क्षतिपूर्ति भराई पाउन माग गरिएको छ । उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैँया जरिवाना वा दुवै सजाय हुन सक्ने अदालतले जनाएको छ ।