२०७७ माघ ७, बुधबार

img-responsive

१०:५१:०६

 

प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवा पक्राउ

प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवा पक्राउ

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर १४, आइतबार ,०६:३६:PM  
img-responsive

काठमाडौं, १४ मंसिर। डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुरका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २३ वर्षीय सुलभ नापित शनिबार राति पक्राउ परेका हुन् ।

बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३–०२–००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले डिउटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेपछि उक्त कार्यमा संलग्नमध्ये नापितलाई प्रहरीले पक्राउ गरी अन्य ३ जनाको खोजी गरिरहेको बताएको छ । साथै प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

त्यस्तै, खोटाङमा डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका कमाल बहादुर आले मगर र २७ वर्षीय छबिराज राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी उनीहरुले सोही ठाउँ बस्ने पर्शुराम राईको घरमा ढुंगा प्रहार गरी घरको ढोका फोरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com