२०७७ माघ ७, बुधबार
१०:०३:०१
काठमाडौं, १४ मंसिर। नेपालमा कोरोना भाइरसका आज १२ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १४ सय ४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा आजसम्म १७ लाख २७ हजार ८ सय ३६ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा २५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १४७९ पुगेको छ ।