२०७७ माघ १२, साेमबार

img-responsive

११:२०:११

 

सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालको प्रदेश एकको तदर्थ समिति घोषणा

गोठालो खबर
गोठालो खबर -२ २०७७ मङ्सिर १३, शनिबार,०९:४५:PM  
img-responsive

काठमाण्डौ , १३ मंसिर। सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपालको प्रदेश एकको तदर्थ समिति घोषणा भएको छ । सूचनाको हकको प्रचलन ,प्रबर्द्धन र सम्बर्द्धन सहित आम नागरिकको सूचना पाउने मौलिकहकको सरल सहज पहुँच स्थापना गरि नागरिकलाई सुसूचित गराउने उद्देश्यका साथ गठन भएको संजालको प्रदेश एक समिति गठन गरेको हो । प्रदेश एकको संयोजकमा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ चयन भएका छन् उनी २०६७ सालदेखी सूचनाको हकको अभियानमा सरिक अभियन्ता हुन ।

यसै गरि संजालको सह संयोजकमा पाचथरका सूचना अभियन्ता तथा पत्रकार मंगल बेघा भएका छन् भने सदस्य सचीवमा सुनसरीका सूचना अभियन्ता बिष्णुप्रसाद चौलागाईं भएका छन् । यसैगरी प्रदेश समिति सदस्यहरुमा प्रदेश एकका १४ वटानै जिल्ला बाट प्रतिनिधित्व हुने गरि सदस्य छनिएको छ । जस्मा क्रमशः सोलुखुम्बु - बुद्धवीर लिम्बु ,ओखलढुंगा - जीवन शर्मा ,संखुवासभा- दिपेन्द्र शाक्य ,खोटाङ - लोकनाथ घिमिरे ,उदयपुर - वीर बा मगर ,भोजपुर -ईश्वरीप्रसाद ढकाल, तेह्रथुम - खगेन्द्र सापकोटा ,धनकुटा - संगीता चापागाईं ,ताप्लेजुङ - देवराज गुरुङ ,पाँचथर- ईलाम- राम योङ्हाङ्ग ,झापा- मनोज लिम्बु, मोरङ्ग - पिताम्बर घिमिरे ,सुनसरी -आईतिमाया तामाङ चयन भएका छन् ।

यसैगरी आज छनोट भएका प्रदेश एकका सदस्यहरुलाई नै टुंगो लगाउने गरि टुंगो नलागेको जिल्ला संजाल निर्माणको जिम्मेवारी समेत दिईएको केन्द्रिय समिति सदस्य सचिब अजयकुमार शाहले जानकारी दिएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय संजालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरण समेत गरेको छ भने राष्ट्रिय सूचना आयोग, फ्रीडम फोरम र अन्य नागरिक सचेतता गर्ने संघ सस्था संग समेत सहकार्य गर्दै विभिन्न कार्य गर्दै आईरहेको छ । कार्यक्रममा संजालका केन्द्रिय संयोजक उमिद वागचन्द ,केन्द्रिय सदस्य सचिव अजयकुमार शाह, केन्द्रिय सल्लाहकार टंक अर्याल ,पत्रकार महासघ पाँचथरका अध्यक्ष लवदेभ ढुंगाना ,सूचना अभियन्ता नोदनाथ त्रिताल लगाएतको उपस्थितिमा संजालको तदर्थ समिति घोषणा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com