२०७७ माघ १५, बिहीबार

img-responsive

१०:०९:५०

 

नेपालमा पाईने माटोलाइ कति भागमा विभाजन गरिएको छ ? लेख्नुहोस । (लोकसेवा, बैंक , संस्थानको परीक्षा तयारीको लागि)

नेपालमा पाईने माटोलाइ कति भागमा विभाजन गरिएको छ ? लेख्नुहोस । (लोकसेवा, बैंक , संस्थानको परीक्षा तयारीको लागि)

गोठालो खबर
सन्तोष पराजुली , २०७७ मङ्सिर १३, शनिबार,०५:२८:PM  
img-responsive

(बिषयगत/ छोटो प्रश्नउत्तर)

नेपालमा पाईने माटोलाइ कति भागमा विभाजन गरिएको छ ? लेख्नुहोस ।

प्राकृतिक तथा जैविक तत्वहरुको समिश्रण बाट माटो बनेको हुन्छ । नेपालको भौगोलिक विविधता संगै यहा पाईने माटोमा पनि विविधता रहेको छ । 

नेपालमा पाईने माटोलाइ देहाय बमोजिम उल्लेख गरिन्छ :-

पाँगो माटो 

बर्षामा नदिले बगाएर ल्याएको माटो,
जैविक अवशेष बढि पाईने,
तराई तथा बेसिमा पाईने तथा धान, तेलहन, उखु, सनपाट आदिका लागि उपयुक्त माटो ।

बलौटे पत्थरिलो माटो

पहाड बाट झरेका नदिले बगाई ल्याएको माटो,
बालुवा, कंकड, पत्थर मिली बनेको,
भाबर, भित्रि मधेश तथा चु्रेमा पाइने ।

रातो फुस्रे माटो

महाभारतका ठाडा भागहरुमा मौसमी परीबर्तन बाट टुक्रिएका चट्टानमा सडेका झारपात मिली बनेको माटो,
कोदो, मकै, आलु तथा फलफूलका लागि उपयुक्त ।

तलैया माटो

ताल सुकेर बनेको माटो,
कृषिका लागि सर्वोत्तम माटो,

हिमाली माटो

हिम नदिले थुपारेको माटो ,
हिमाली खोँच तथा भित्री हिमालमा पाईने,
जौ, फापर, आलु आदिका लागि उपयुक्त ।

वस्तुगत/सामान्य ज्ञान 

१) चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन कहिले भयो ?

  • सन् २०२० नोभेम्बर २५

२) एसिया महादेशको सबै भन्दा ठूलो मरुभूमी कुन हो ?

  • अरेबियन मरुभूमी

३) जगदिशपुर ताल कुन जिल्लामा पर्दछ ?

  • कपिलवस्तु 

४) पाटनको कृष्ण मन्दीर कसले निर्माण गरेका हुन ?

  • सिद्धिनरसिंह मल्ल

५) मरुभूमीमा किन बर्षा हुदैन ?

  • आद्रता कम भएर

६) बाह्र कुने ताल कुन जिल्लामा पर्दछ ?

  • दाङ

७) दोसा्रे विश्वयुद्धको अन्त्य संगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्त्यसंगै पुन एकिकरण भएको थियो ?

  • जर्मनी 

८) नारायणहिटी दरबारका डिजाइनर को हुन ?

  • बी. फोर्न

९) “सुमतितन्त्र” भनेको के हो ?

  • नेपालमा रहेको प्राचिन ज्योतिष ग्रन्थ 

१०) नेपालको सबै भन्दा पुरानो राजमार्ग कुन हो ?

  • त्रिभूवन राजपथ (विःसं २०१३)

११) नेपालमा भित्ते चित्रको सुरुवात कुन काल बाट भएको हो ?

  • लिच्छवी काल 

१२) अन्तराष्ट्रिय टोपी दिवश कहिले मनाईन्छ ?

  • जनवरी १

१३) नेपाली भाषामा लेखिएको सबै भन्दा पुरानोे सिला लेख कुन हो ?

  • नेः सं २९३ को साँखु बज्रयोगिनीको सीलालेख 

१४) ISO 5000 के संग सम्बन्धीत छ ?

  • उर्जा 

१५) नेपालको वर्तमान संबिधान बमोजिम प्रदेशमा कती संख्यामा मन्त्रीमण्डर रहने व्यबस्था रहेको छ ?

  • प्रदेश सभाका कुल सदस्य संख्याको बढीमा २०% सम्म 

१६) भूटानको राष्ट्रिय बायु सेवालाइ के भनिन्छ ?

  • डुक एयर 

१७) मिश्रको सभ्यता कुन नदिमा बिकास भएको हो ?

  • नाईल 

१८) ब्रुटल्याण्ड आयोगको गठन कहिले भएको हो ?

  • सन् १९८३ 

१९) उच्च समस्थलीको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?

  • अफ्रिका

२०) युरोपेली संघ (EU)  को स्थापना कहिले भएको हो ?

  • सन् १९५८ जनवरी १ 


                    समाप्त 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com