२०७७ माघ ७, बुधबार
१०:५४:५९
मङ्सिर १२, काठमाण्डौ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार युनाइटेड इदी-मर्दी हाइड्रोपावरको आइपिओ आइतबार वा सोमबार मध्ये एकदिन बाँडफाँट हुने जनाएको छ। हिजो बिहीबार प्रि–अलोटमेन्टको कार्य समाप्त गरि सोमबारभित्रमा सर्वसाधारणमा आइपिओ बाँडफाँट गर्नेछ।
गत मंसिर ३ मा बिक्री खुला गरेको कम्पनीको आइपीओमा ५ लाख ४१ हजार २६३ जनाले आवेदन दिएका थिए। सर्वसाधरणको लागि खुल्ला गरिएको आइपिओमा ८१ हजार २७३ जनाको मात्र भाग्य चम्कने देखिन्छ। अनिवार्य १० कित्ताको नितिलाई हेर्दा ४ लाख ५९ हजार ९८९ जना आइपीओ पाउनबाट बञ्चित हुने प्रष्ट देखिन्छ। कम्पनीको आइपिओमा माग भन्दा ११.६८ गुणा बढी अर्थात् ९४ लाख ९८ हजार ४०० कित्ताका लागि आवेदन परेको जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो भने बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने जनाएको थियो।
आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको ‘केयर एनपी डबल बी प्लस ’ रेटिङ प्रदान गरेको छ।