२०७७ माघ ७, बुधबार

img-responsive

११:१५:३७

 

विश्वका चर्चित एक फुटबल हस्ती डिएगो म्यारोडोना धर्तीबाट अस्ताए

विश्वबाट एक फुटबल हस्ती डिएगो म्यारोडोना धर्तीबाट अस्ताए

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर ११, बिहीबार,०७:३४:AM  
img-responsive

एजेन्सी, ११ मंसिर। फुटबल जगतको वादशाहका रुपमा परिचित अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको बुधबार निधन भएको छ । नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार  हृदयघातका कारण  निधन भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् ।  ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।

सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन समेत गरेका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरिसकेका म्याराडोनाले अर्जेन्टिाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए भने उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाउनुका साथै सन् १९९० को विश्वकप फुटबलमा दोस्रो स्थान प्राप्त गरेको थियो। उनी विश्वकै महान् खेलाडीको रूपमा चिनिएका थिए । उनको जन्म सन् १९६० अक्टोबर ३० मा उनको भएको थियो ।

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको सुरक्षार्थ खटिएको बडीगार्डलाई कोरोना संक्रमण देखिए संगै उनी सेल्फ आइसोलेसनमा बसेका थिए । सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरिरहेका म्याराडोनाले अघिल्लो महिना मात्र ६०औं जन्मदिन आइसोलेसनमा नै मनाएका थिए।  यस अवसरमा उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

नेपोलीका जनताहरुले ‘म्याराडोना युग’ र ‘भगवान् म्याराडोना’ रुपमा लिने गरेका छन् भने  उनको पोस्टर  घर घरमा टाँसिएको छ। फुटबलमा उत्कृष्ट म्याराडोना आफ्ना खेल दौडानमा प्रतिबन्ध, जेल र डोपिङ प्रकरण समेत झेल्नु परेको थियो । सन् १९९७ मा उनले खेलाडी जीवनबाट सन्यास लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com